Sajhamanch Archive

संघर्षकै बलमा समाजवादउन्मुख संविधान निर्माण ; प्रचण्ड

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । पुर्व प्रधनमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचयण्डले सामन्ती, निरङ्कुश एवं एकात्मक व्यवस्थाको अन्त्य गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको १२ वर्ष पूरा भएको बताउँदै गणतन्त्र दिवसको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

मुलूकमा विद्यमान सामन्ती, निरङ्कुश तथा एकात्मक सत्ताको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तन हो भन्दै प्रचण्डले जनताको वीरतापूर्ण सङ्घर्षकै बलमा मुलूकमा प्रगतिशील, गतिशील एवं समाजवादउन्मूख संविधान निर्माण भएको बताएका छन् ।

संविधानमा व्यवस्था गरिएको मौलिक हकसम्बन्धि व्यवस्था, सङ्घीय शासन प्रणाली, समावेशी–समानुपातिक प्रणाली, सामाजिक न्यायजस्ता प्रावधानले समाजवादको तयारीमा लाग्न मार्गप्रशस्त्र गरेका छन् ।

नेपाल र नेपालीका लागि गौरवको विषय हो भन्दै म्पूर्ण कम्युनिष्टहरुका लागि प्रेरणाको विषय भएको जनाएका छन् । राजनीतिक परिवर्तनलाई जनताको जीवन बदल्ने शासन पद्दतिका रुपमा स्थापित गर्दै समाजवादको आधार निर्माण गर्ने अभियानमा हातेमालो गर्न सम्पूर्ण नेपालीहरुमा अपिल समेत गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *