प्रधानमन्त्रीलाई कोरियाली इसाई विश्वविद्यालयको मानार्थ विद्यावारिधि
Published:
by .काठमाडौँ। गणतन्त्र दिवसका अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई दक्षिण कोरियाको काङनाम विश्व विद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको छ।
जुलाई १, १९४६ मा धर्मशास्त्र अध्ययनका लागि स्थापित उक्त संस्था ३० वर्षपछि एउटा निजी इशाई विश्वविधालयमा रुपान्तरित भएको थियो।
नेपाली सेनाको सानो भर्याङस्थित स्वास्थ्य विज्ञान संस्थामा आयोजित एक विशेष कार्यक्रममा उनले उक्त सम्मान पाएका हुन्।
गत नोभेम्बरमा दक्षिण कोरियाकै युनिफिकेशन चर्चसँग आवद्द संस्थाहरुसँग, नेपाल सरकार सह—आयोजक बनी ‘एशिया प्यासिफिक पीस समिट’ गर्दा प्रधानमन्त्री ओली विवादमा तानिएका थिए।
Comments