Sajhamanch Archive

अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको तारबार भत्काएको अभियोगमा १६ जना पक्राउ

Published: in खेलकुद, राष्ट्रिय समाचार by .

चितवन। चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलको तारबार भत्काएको अभियोगमा १६ जना स्थानीय पक्राउ परेका छन्।

बुधबार बिहान उनीहरुले डोजर लगाई जस्ताको बारसहतिका संरचना भत्काएको धुर्मुस–सुन्तली फाउण्डेसनका कर्मचारीले बताएका छन ।

फाउण्डेसनको साइट अफिसका घरमालिक सुरेन्द्र विक, स्थानीय नेकपा नेता प्रकाश कँडेल लगायतका स्थानीयले भत्काएको प्रहरीले जनाएको छ ।

संरचना भत्काएको अभियोगमा प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुसँग थप छानविन भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।

स्थानीयले रंगशाला निर्माणका क्रममा सडक फराकिलो बनाउँदा आफ्नो जग्गा धेरै जाने भन्दै असन्तुष्टि जनाएका थिए । शीत्तलचोकबाट रामपुर निस्कने बाटो फराकिलो बनाउन रंगशालातर्फको जग्गा छाड्नुपर्ने माग उनीहरुको रहेको प्रहरीले जनाएको छ ।

बार भत्काउन प्रयोग भएको डोजर पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *