बजेट आएसँगै बढ्यो पेट्रोलियम पदार्थको मूल्य
Published:
by .काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
बुधबार रातिदेखि लागू हुनेगरी आयल निगमले पेट्रोलका साथै डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । प्रत्येक १ र १६ तारिखमा भारतीय आयल कर्पोरेसनले मूल्यसूची पठाएसँगै समायोजन गर्ने गरेको आयल निगमले यो समयअगावै मूल्य बढाएको हो ।
अहिले मूल्य बढाउन आगामी वर्षको बजेटमा पेट्रोलमा सरकारले कर बढाउने निर्णय गरेको हो। सरकारले कर साउन १ गतेदेखि लागू हुनेगरी मूल्य बढाउने जनाए पनि आयल निगमले जेठ १५ गते रातिबाट लागू हुनेगरी मूल्य बढाएको हो ।
आर्थिक ऐनअनुसार बजेटले समायोजन गरेका कतिपय करहरू सोही रातिदेखि लागू गर्नुपर्ने भएको कारणले मूल्यसमायोजन गरिएको आयल निगमका अधिकारीले बताएका छन् । बुधबार रातिदेखि आयल निगमले सरकारले बढाएको करको आधारमा पेट्रोल डिजेल र मट्टीतेलमा डेढ रुपैयाँ कर बढाएको हो ।
जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य ९८ रुपैयाँ ५० पैसा पुगेको छ । सडक मर्मतको लागि पेट्रोल डिजेलमा कर बढ्यो ।
Comments