Sajhamanch Archive

पाकिस्तान टिम जितको दावेदार गांगुली

Published: (Updated: ) in खेलकुद, विश्व समाचार by .

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सौरव गांगुलीले विश्वकप २०१९ को उपाधि उचाल्ने पाकिस्तान टोली पनि मुख्य दावेदारको रुपमा रहेको बताएका छन् ।

उनले विश्वस्तरीय क्रिकेट प्रतियोगितामा पाकिस्तानको टोलीले इंग्ल्यान्डको घरेलु मैदानहरुमा उत्कृष्ट प्रदर्शन गरेकोले उपाधिको लागि पाकिस्तान टोली प्रमुख दावेदार रहेको बताएका छन् ।

पाकिस्तानले दोस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्यान्डले दिएको ३ सय ७३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३ सय ६१ रन बनाएको थियो ।

उक्त खेलमा पाकिस्तान १२ रनले पराजित भएको थियो । पाकिस्तानले इंग्ल्यान्डमा भएका सबै विश्व स्तरीय खेलमा उत्कृष्ट प्रदर्शन गरेको बताए । पाकिस्तानले दुई वर्ष पहिला इंग्ल्यान्डमा च्याम्पियन ट्रफि जितेको थियो ।

पाकिस्तानले सन् २००९ मा ट्वान्टि २० विश्वकप पनि इंग्ल्यान्डमा जितेको थियो । त्यसैले पाकिस्तानको टोलीलाई विश्वकप २०१९ को दावेदार टोलीको रुपमा लिइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *