प्रदेश १ को सहज जित
Published:
by .
काठमाडौं । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा प्रदेश १ ले पहिलो जित निकालेको छ ।
आज भएको खेलमा कर्णाली प्रदेशलाई १ सय ८१ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो ।
कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा प्रदेश नम्बर १ ले निध्रारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय २८ रन बनाएको थियो ।
प्रदेश १ ले दिएको २ सय २९ रनको लक्ष्य पछउने क्रममा कर्णाली प्रदेशले २० ओभर १ बलमा अल आउट हुँदै मात्र ४७ रन बनायो ।
कर्णाली प्रदेशका लागि निश्चल रावलले १७ रन बनाउँन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । बलिङतर्फ प्रदेश १ का पुष्प थापाले सर्वाधिक छ विकेट लिए । त्यस्तै मुकुन्द यादवले तीन तथा कमल खत्रीले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ का लागि सिद्धान्त लोहनीले अर्धशतक बनाए । ९० बल खेलेका लोहनीले ७ चौकाको मद्दतमा ६३ रन बनाए । त्यसपछि उनी घाइते भएर पवेलियन फर्किएका थिए ।
फिरदोस अन्सारीले अबिजित ४५ रन बनाए ।
सन्नी पुनले ३४ रन बनाए । कप्तान पुष्प थापाले २९ रन बनाउँदा राजन मगरले १६, मिनस थापाले १३ रनको योगदान दिए ।
कर्णाली प्रदेशका प्रकाश जैसी, ललित प्याकुरेल र दिवान पुनले २/२ विकेट लिए ।
Comments