Sajhamanch Archive

सहकारीप्रति युवा पुस्ताको आर्कषण बढ्दो, २० जनाका लागि १ हजार बढीको आवेदन

Published: (Updated: ) in मुख्य समाचार, समाज, सहकारी, by .

चारआली । सरकारले सहकारीलाई देशको अर्थतन्त्रको मुख्य मेरुदण्डको रुपमा राखेको छ ।

सरकारको तीन खम्बे अर्थनीतिमा देशको अर्थतन्त्रको तीन खम्बा सरकारी, नीजि र सहकारी नै भनिएको छ । यसैले पनि यतिखेर सहकारीप्रति सवै कुराले मानिसको आर्कषण बढ्न थालेको छ । अहिले नयाँ पुस्ताहरु सहकारीकै माध्यमबाट आफ्नो भविष्य खोजी रहेका छन् ।

पछिल्लो समय सहकारीप्रति बचत गर्न र कर्जा लिनमात्र होइन रोजगारका लागिका पनि मानिसको आर्कषण बढ्दो रुपमा पाईएको छ । यसको पछिल्लो उदारहण हो झापाको मेचीनगर— ६ काँकरभिट्टामा प्रधान कार्यालय रहेको नेपाल बहुउद्धेश्यीय सहकारी संस्था लि.को एनएमसी सेवा आयोगले आव्हान गरेको कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।

कार्यालयले केही समयअघि विभिन्न तीनवटा पदमा २० जना कर्मचारीका लागि इच्छुक नेपाली नागरिकसँग निवेदन माग गर्यो । तर त्यहाँ १ हजार ६ सय ६ जनाले निवेदन दर्ता गराए । यसले पनि पुष्टि हुन्छ कि सहकारीप्रति मानिसको आर्कषण निक्कै बढेको भन्ने ।

संस्थालाई सहायक अधिकृतका लागि ५ जनाको आवश्यकता छ । तर, ७२ जनाले निवदेन दर्ता गरे । यसैगरी वरिष्ठ सहायक तेस्रोमा ८ जनाका लागि ७ सय ३३ जना र कार्यालय सहायक तेस्रोमा ७ जनाका लागि ८ सय १ जनाले निवेदन दर्ता गरे । सवैको परीक्षा शनिबार सम्पन्न भएको छ ।

यति ठुलो संख्यामा रहेका परीक्षार्थीहरुको परीक्षाका लागि संस्थाले कसरी व्यवस्थापन गर्यो त । एनएमसी सेवा आयोगका संयोजक तथा संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेती भन्छन् —‘ एनएमसी संस्थाभित्र आवश्यक पर्र्ने कर्मचारी छनौटका लागि संस्था भित्रै उउटा आयोग बनाएका छौ, जस्लाई एनएमसी सेवा आयोग भनिन्छ । यो आयोगले संस्थालाई आवश्यक पर्ने कर्मचारीहरु छनौट गर्ने गर्छ । यो वर्ष प्रकाशित सूचना अनुसार ३ वटा पदका लागि २० जना कर्मचारी माग गरिएको थियो ।

सहायक अधिकृतका लागि ५ जनाको आवश्यकता छ । तर, ७२ जनाले निवदेन दर्ता गरे । यसैगरी वरिष्ठ सहायक तेस्रोमा ८ जनाका लागि ७ सय ३३ जना र कार्यालय सहायक तेस्रोमा ७ जनाका लागि ८ सय १ जना गरी कुल १ हजार ६ सय ६ जनाले निवेदन दर्ता गरे ।’ परीक्षार्थीहरुको संख्या बढी भएका कारण परीक्षा व्यवस्थापनका लागि दुईवटा परीक्षा केन्द्र कायम गरिएको उनको भनाई छ । कायम गरिएका परीक्षाकेन्द्र चारआलीस्थित त्रिदेव बहुमुखी क्याम्पस र शहीद दशरथ चन्द मावि एक आपसमा जोडिएको र दुवै केन्द्रमा छुट्टा छुट्टै केन्द्राध्यक्षको व्यवस्था गरिएको, दुईवटा केन्द्रका २० वटा कोठामा २÷ २ जना निरीक्षकको व्यवस्था मिलाईएको उनको भनाई थियो ।

झापा जिल्लामा विभिन्न प्रकृतिका नौसय तीनवटा सहकारी संस्थाहरु छन् । समय समयमा अन्य सहकारी संस्थाहरुले समेत कर्मचारी आवश्यकता सम्बन्यिक पर्नसूचना प्रकाशित गर्ने गरेका छन् । तर, ती संस्थाहरुमा परीक्षार्थीहरुको संख्या खासै ठुलो देखिन्दैंन । किन नेपाल बहुउद्धेश्यीय सहकारी संस्था लि एनएमसीप्रति मानिसको रोजगारका लागि आर्कषण बढ्यो त भन्ने प्रशनमा सहभागी परक्षिार्थीहरु भन्छन् —‘ एनएमसीले स्वदेशमा मात्र होइन विदेशमा समेत आफुलाई सफलरुपमा उभ्याउन सफल भएको छ । संस्थाले आफ्ना कर्मचारीलाई दिने सेवा सुविधामा समेत कुनै कञ्चुस्याई गर्दैन यस्तै यस्तै कारणले एनएमसीप्रति हामीलाई विश्वास छ र रोजगारको खोजीमा आएका हौ । ’

संस्थाले कर्मचारीलाई दिने सेवा सुविधा पनि कम छैन् । सरकारी कार्यालय तथा कुनै पनि कर्मसियल बैंकले दिने सेवा सुविधा भन्दा कम नभएको उपाध्यक्ष उप्रेतीको भनाई छ । सहकारीभित्र पनि एनएमसीले जुन पारदर्शीढंगले जनशक्तिको व्यवस्थनपन गर्छ यसले आम मानिसहरुमा योग्यता र क्षमताको कदर हुन्छ निष्पक्ष हुन्छ पारदर्शीढंगले नतिजा निस्कन्छ भने रै थोरै संख्याका लागि कर्मचारी माग गरिए पनि ठुलो संख्यामा निवेदन आउने गरेको उनको भनाई छ ।

झापाको मेचीनगरस्थित चारआलीमा रहेको त्रिदेव बहुमुखी क्याम्पस रे शहीद दशरथ चन्द मावि परीक्षा केन्द्र कायम गरिएको थियो । परीक्षा लेख्न आउने परीक्षार्थीहरुको संख्या भने थामी नसक्नुको थियो । यसले यो देशमा शैक्षिक वेरोजगार कति छन् भन्ने समेत पुष्टि गरेको बताउछन संस्थाका सञ्चालक सदस्य ठाकुरप्रसाद शिवाकोटी । ‘ यो देशमा शैक्षिक बेरोजगारको संख्या दैनिक बढ्दो छ, उनीहरु आफै केही गर्न सक्ने अवस्थामा छैनन् आफुले केही गर्न नसकेपछि अरुप्रति निर्भर हुन्छन’ शिवाकोटीले भने रोजगार खोज्न बाँध्य हुन्छन् रोजगारका लागि नेपाल सरकारको लोक सेवा आयोगकातर्फबाट विज्ञापन नियमित हुदैन, लामो समयपछि कर्मचारी माग गरिन्छ । त्यसले गर्दा परीक्षार्थीहरुको चाप पनि निक्कै ठुलो हुन्छ । अनि निजीक्षेत्रबाट सञ्चालन भएका यस्ता संस्थाहरुमा जागीरको आर्कषण हुन्छ । ’

यस पटकमात्र होईन संस्थाले जति पटक कर्मचारीका लागि विज्ञापन प्रकाशित गर्छ त्यति नै पटक यस संस्थामा रोजगारको अवसर खोज्दैं आवश्यक भन्दा संयौ गुणा बढीले दरखास्त दिने गरेको उनको भनाई छ । झापाको मेचीनगर— ६ काँकरभिट्टामा प्रधान कार्यालय रहेको संस्थाको झापा जिल्लाभरि सेवा केन्द्र र शाखा कार्यालय ३५ वटा छन् । ती कार्यालयमा बैकिङ कारोवारका लागि ५ सय बढी कर्मचारी सक्रिय छन् । कुल कर्मचारीहरुमध्ये १० जना महिला कार्यालय प्रमुख छन् ।

संस्था परिवारभित्र ६ सय भन्दा बढीले रोजगार प्राप्त गरेका छन् । उपाध्यक्ष उप्रेतीका अनुसार खासगरी एनएमसीले दोस्रो व्यवसायकारुपमा डेरी उद्योग सञ्चालनमा ल्याएपछि धेरैले रोजगार प्राप्त गरेको, जिल्लाको पशुपालक किसानहरु उत्साहित भएका छन् । संस्थाको अर्काे प्रोजेक्ट एकीकृत नमूना कृषि परियोजना हो । यसैगरी एनएमसी कोप सप समेत सञ्चालनमा छ ।

२०५० सालमा २६ जनाको सानो समूह, थोरै पूजीँ,एकजना कर्मचारी तात्कालिन काँकरभिट्टा गाविसको एउटा वडाको कार्यक्षेत्र र एकसय स्क्वायर फुटको सानो अँध्यारो कोठाबाट शुरु भएको यो संस्था आज देशभर चिनिन सफल भएको छ । वार्षिकरुपमा ६ अर्व ३५ करोड रुपैयाँको कारोवार गर्ने यो संस्थामा ६५ हजार शेयर सदस्य रहेका छन् । महिला सदस्यको संख्या ५२ प्रतिशत रहेको छ ।

स्वदेशमा यसरी नै रोजगारको अवसर सवैतिरबाट सिर्जना गर्ने हो भने नेपालीहरुले देशमै बसेर जिविकोपार्जन गर्न सक्ने अवस्था प्राप्त हुन्छ भन्दा कुनै अत्युक्ति नहोला ? बन्द बाकसमा निदाएका नेपाली अपाङ्ग शरीर , बेहोशी बोकेर, ठगीएर, हेपीएर, सतित्व लुटिएर, बेचिएर स्वदेश फर्किने श्रृखलाको अन्त्य समेत हुन सक्ने प्रवल सम्भावना छ । यसका लागि नेपाल सरकारसहित सम्बन्धित सवैको ध्यान जान जरुरी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *