Sajhamanch Archive

दुर्घटनापछि पत्नीलाई भिडियो कल, त्यसपछि प्राण त्याग !

Published: in राष्ट्रिय समाचार, by .

भारतको बेगूसरायको नेशनल हाइवे–२८ मा एक युवकलाई ट्रकले ठक्कर दियो । ठक्कर पछि सडकमा खसेका उनलाई ट्रकको पाङ्ग्राले कुल्चिँदा उनको एउटा खुट्टा तिघ्राबाटै छिन्यो । आफ्नो स्थिती देखाउन उनले श्रीमतीलाई भिडियो कलसमेत गरे ।

प्रत्यक्षदर्शीका अनुसार युवकले इयरफोन लगाइरहेका थिए जसका कारण उनले ट्रकको हर्न सुनेनन् । दुर्घटनापछि बेहोस भएका उनलाई पुलिसले बेगूसरायस्थित अस्पताल पुर्याए तर उनलाई बचाउन सकिएन । उनी सालोको श्राद्धमा गइरहेका थिए ।

युवकको पहिचान राजाराम पण्डितको रुपमा भएको छ । राजाराम आफ्ना सालोको श्राद्धमा उपस्थित हुन ससुराली गइरहेका थिए । घटनास्थलमा पुगेका परिवारका सदस्यका अनुसार राजरामको विवाह तीन वर्ष अघि भएको थियो उनकी सात महिनाकी छोरी छिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *