‘कम्युनिष्ट नेतृत्वको सरकार लामो समय नटिक्ने’ : कांग्रेस सभापति देउवा
Published: (Updated: )
by .भैरहवा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संविधानको मर्म र भावना विपरित काम गर्दै हिडेकाले कम्युनिष्ट नेतृत्वको सरकार लामो समय नटिक्ने दावी गरेका छन् ।
नेपाल प्रेस युनियन रुपन्देहीले आज भैरहवा विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारले ल्याएको मिडिया काउन्सील विधेयक, स्वतन्त्र न्यायलयमाथिको हस्तक्षेप तथा मानव अधिकार माथिको हस्तक्षेप संविधानको मर्म र भावना विपरित रहेको बताएका छन् ।
सभापति देउवाले वर्तमान सरकार पछिल्लो समय तानाशाह शैलीमा अगाडि बढेको बताउँदै नेपालमा तानाशाह सम्भव नभएको जिकिर गरे ।
सरकारले ल्याएको मिडिया काउन्सील विधेयक, स्वतन्त्र न्यायालय माथिको हस्तक्षेप तानाशाही प्रबृति भएको टिप्पणी गर्दै सभापति देउवाले सरकारले प्रेस र न्यायलयलाई स्वतन्त्र नछोडे राणा, पञ्चायत र राजाजस्तै सदाका लागि कम्युनिष्टहरुलाई पनि हटाउने चेतावनी दिए ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले वाइड बढी जहाज, बुढी गण्डकी जलबिद्युत आयोजना, बालुवाटार प्रकरणमा सरकारले चरम भ्रष्टचार गरेको अरोप लगाए । उनले सरकारका गलत कामको भण्डाफोरका लागि काग्रेसले सडक आन्दोलनसमेत गर्ने बताए ।
Comments