Sajhamanch Archive

सार्वजनिक स्थलमा महिला माथि हुने अपराधका घटनामा कमि

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by .

काँकरभिट्टा । विगत चार वर्षयतादेखि इलाका प्रहरी कार्यालय काँकरभिट्टा मातहतका क्षेत्रमा केही सार्वजनिक तथा महिलामाथि हुने यौन अपराधका घटनामा कमि आएको छ । कार्यालयको चार वर्षको तथ्याङ्कले यस्तो देखाएको हो । वितेको आर्थिक वर्ष २०७२÷२०७३ देखि चालु आर्थिक वर्ष २०७५÷२०७६ को दश महिनाको अवधि हेर्दा हरेक वर्ष यस्ता प्रकृतिका घटनामा कमि आएको छ ।

सार्वजनिक स्थलमा होहल्ला गर्ने, स्थानीयवासीलाई डर क्रास देखाउने, आतंकित पार्ने मादक पदार्थ सेवन गरेर समाजलाई नकरात्मक असर पर्ने गरी होहल्ला गर्नेलगायतका घटनालाई स्थानीय प्रशासनले सार्वजनिक अपराधका घटना भन्ने गरेको छ । यस्तो घटनामा संलग्नलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएर केही सार्वजनिक अपराधको मुद्धा दर्ता गर्ने र आवश्यक कारवाही गरेको छ ।

कार्यालयको मुद्धा शाखाले दिएको अनुसार आर्थिक वर्ष २०७२÷२०७३ मा यस्ता प्रकृतिका १ सय ४ वटा मुद्धा दर्ता भएपनि सोही अवधिमा सवै किनारा लागेको थियो । प्रहरीले रात्री गस्तीलाई तीव्र, क्युआरटी प्रहरी तथा सादा पोशाकमा समेत प्रहरी चौवीसै घण्टा प्रहरी परिचालन गरेपछि यस्तो घटनामा कमि आएको प्रहरी नायव उपरीक्षक महेश थापाले बताए ।

उनका अनुसार आर्थिक वर्ष २०७३÷२०७४ मा यस्ता प्रकृतिका मुद्धामा केही प्रतिशतले कमि आएको छ । त्यो वर्ष ९३ वटा केही सार्वजनिक अपराधका मुद्धा दर्ता भएका थिए । सवै फस्र्याेट भएको मुद्धा शाखाले जनाएको छ । यसैगरी आर्थिक वर्ष २०७४÷२०७५ मा ७२ वटा र चालु आर्थिक वर्ष २०७५÷२०७६ माको दश महिनाको अवधिमा २२ वटा मुद्धा दर्ता भएका छन् । दुवै आर्थिक वर्षमा दर्ता भएका सवै मुद्धा समयमै फस्र्याेट भएका थिए ।

यता महिलामाथि हुने यौन अपराधका घटनामा समेत गिरावट आएको छ । यसलाई स्थानीय प्रशासनले सफलता मिलेको बताएको छ । आर्थिक वर्ष २०७२÷२०७३ मा जवरजस्ती करणीका ८, जवरजस्ती करणी उद्योगका ५ वटा घटना भएका थिए । दुवै मुद्धा त्यही वर्ष फस्र्याेट भएका छन् । आर्थिक वर्ष २०७३÷२०७४ मा जवरजस्ती करणीका ६, जवरजस्ती करणी उद्योगका ३ आर्थिक वर्ष २०७४÷२०७५ मा ८ तथा ५ वटा मुद्धा दर्ता भएर किनारा लागेका थिए । चालु आर्थिक वर्ष २०७५÷२०७६ को वितेको दशमहिनामा ८ तथा ७ वटा दर्ता भई फस्र्याेट भएको जनाइएको छ । चारवर्षको अवधिमा विभिन्न प्रकृतिका ३७ वटा मुद्धा कार्यालयमा दर्ता भएपनि अधिकाँश फस्र्याेट भएका छन् ।

प्रहरी कार्यालयमा कर्तव्य ज्यान, सवारी ज्यान, सवारी अंगभंग, अपहरण तथा शरीर बन्धक, चोरी, डाका, बहुविवाह, केही सार्वजनिक अपराध, मानव बेच बिखन, लागू औषध, आत्महत्या, जवरजस्ती करणी, विष्फोटक पदार्थ, ज्यान मार्ने उद्योग, जुवा, करेन्ट लागेर मृत्य भवितव्य ज्यान, गर्भपतन, लिखत सम्बन्धी कसुर, ज्यान मार्ने उद्योग, ठगी, हातहतियार तथा खरखजना, गौवध, लडेर मृत्यु भएको, खोटा चलनलगायतका मुद्धा आउने गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *