Sajhamanch Archive

शिक्षिकाको कुटाइबाट ५ विद्यार्थीको हात भाँचियो

Published: in राष्ट्रिय समाचार, समाज by .

दाङ । एक शिक्षिकाको निर्मम कुटाइबाट रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयका १४ जना विद्यार्थी घाइते भएका छन् ।

घाइतेमध्ये ५ जनाको हात नै भाँचिएको छ । विद्यालयमा ढिलो गरी आएको भन्दै विद्यालयकी शिक्षिका लक्ष्मी पुनले विद्यार्थीमाथि कुटपिट गरेकी हुन् । कक्षा १ देखि ८ कक्षासम्म पढ्ने विद्यार्थी घाइते भएका छन् ।

घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हात आइतबार दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा प्लास्टर गरिएको राजधानी दैनिकमा बताईएको छ ।

उपचारमा संलग्न डा. घनश्याम शर्माका अनुसार घाइते बालिकाको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको एवं अनुहार तथा हातसमेत सुन्निएको छ ।

जोर्नीमा दबाब देखिए पनि केही दिनपछि सुधार आउन सक्ने डा. शर्माले बताए । शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै अन्धाधुन्ध लौराले कुटेको घाइते बालिका भीमकुमारी बाँठाले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *