Sajhamanch Archive

विमानमा बम रहेको हल्ला चलेपछि

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

सिङ्गापुर । उडान भरिरहेको विमानमा बम रहेको हल्ला चलेपछि सिङ्गापुर हवाई सेनाका २ लडाकु विमानले सो विमानलाई सकुशल अवतरण गराएका छन्।

१४४ यात्रु बोकेर आइतबार फिलिपिन्सको केबुबाट सिङ्गापुरका लागि उडेको फ्लाई स्कटको विमान टिआर–३८५ मा बम रहेको हल्ला चलेपछि प्रहरीले सुरक्षा सावधानी अपनाउन सूचीत गरेको थियो ।

विमानमै सवार एक १३ वर्षीय युवकले बम रहेको हल्ला चलाएका प्रहरीलाई उद्धृत गर्दै स्थानीय समाचार संस्थाहरुले जनाएका छन् ।

उनलाई हाल नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको र उनले प्रहरीलाई सघाएका पनि प्रहरीले स्पष्ट पारेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *