Sajhamanch Archive

विद्यार्थीलाई पोशाक तथा पुरस्कार वितरण

Published: in विविधा by .

भद्रपुर । भद्रपुर ८ स्थित भानु आभारभूत विद्यालयले विद्यालयमा अध्ययनरत छात्रछात्राहरूलाई पोशाक तथा पुरस्कार वितरण गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदिस जोशीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा विद्यालयमा अध्ययनरत छात्रछात्राहरूलाई पोषाक तथा उत्कृष्ट विद्यार्थीलाइ पुरस्कार वितरण गरिएको हो ।

विद्यालयकी प्रधानअध्यापक चन्द्रकला कार्कीले वार्षिक गतिविधि प्रस्तुत गरेको कार्यक्रममा भद्रपुर ८ का अध्यक्ष गौरव सुब्बा मनोज, शिक्षासेवी घनेन्द्र शर्मा, विदुर अंग्रेजी माविकी प्राचार्य मनीदेवी भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए भने उत्कृष्ट विद्यार्थीलाई पुरस्कार हस्तान्तरण समेत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *