Sajhamanch Archive

दुवै टिम पहिलो जितको खोजिमा

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by .

एजेन्सी । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अफगानिस्तानले सोफिया गाड्रेनमा श्रीलङ्काको सामना गर्दैछ ।

पहिलो खेलमा कमजोर सुरुवात गरेका दुबै टोली आजको खेलमा जित निकाल्ने लक्ष्यमा हुनेछन् । श्रीलङ्का पहिलो खेलमा न्युजिल्याण्डसँग १० विकेटले पराजित भएको थियो ।

यता अफगानिस्तान पहिलो खेलमा बलियो टोली अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो । आजको खेलमा मैदान उत्रदा दुबै टोली जितको खोजीमा रहनेछन् ।

एकपटकको विश्व विजेता श्रीलङ्का पछिल्लो समय कमजोर अवस्थामा छ । श्रीलङ्काले सन् १९९६ को विश्व कप जितेको थियो । अफगानिस्तान भने हालसम्म फाइनल पुग्न सकेको छैन ।

पहिलो खेलमा नै कमजोर बनेका दुवै टिम आजको खेलमा जित निकाल्दै प्रतियोगितामा पहिलो अङक जोडने योजनामा छन् ।

दुबै टोलीबीचको खेल नेपाली समयअनुसार दिउसो ३ः१५ बाट सुरु हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *