Sajhamanch Archive

श्रीलंकामा मुसलमान मंत्रीले एक साथ राजिनामा

Published: in राजनीति, राष्ट्रिय समाचार, विश्व समाचार by .

कोलंबो । श्रीलंकामा बौद्ध समुदाय को भिक्षुहरुको आमरण अनशन र इलाकाको तनावपूर्ण माहोल लाई मध्यनजर गर्दै सोमवार दुई मुस्लिम गर्वनर हरुले राजिनामा दिएका थिए ।

यसको केहि समय पछि सबै मुसलमान मंत्रिहरुले पनि राजिनामा दिएका छन् । अधिकारिहरुले बताएअनुसार पश्चिमी प्रांतको गर्वनर अजथ सल्ली र पूर्वी प्रांत को गवर्नर एमएएलएम हिसबुल्ला ले आफ्नो राजिनामा राष्ट्रपति मैत्रीपाला सिरिसेना लाई बुझाएका छन् ।

राष्ट्रपति सिरिसेनाले गवर्नरको राजिनामा स्वीकार गरेका छन् । यद्दपि, सल्ली र हिसबुल्लाले यि आरोप खारेज गरिसकेका छन् ।

यसको केहि समय पछि नै आतंकवादी लाई समर्थन गरेको आरोपको विरोध गर्दै केंद्रीय मंत्रिमंडल मा सहभागी सबै आठ मुस्लिम मंत्री, उप मंत्री र राज्य मंत्रीले एकजुट भएर राजिनामा दिएका छन् ।

श्रीलंकाली जनताहरुले बौद्ध भिक्षुहरुलाई समर्थन गर्न सोमवार केहि इलाकामा पसलहरु बन्द राखेका थिए भने सार्वजनिक सवारिसाधन पनि रोकेका थिए । (एजेंसी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *