सामाजिक उत्तरदायित्व बहन गर्दै झापाका सहकारी संस्थाहरु (भिडियो रिपोर्ट)
Published: (Updated: )
by .झापा । सहकारी अन्तर्राष्ट्रिय सिद्धान्त र मूल्य मान्यतामा सञ्चालन हुने व्यवसाय हो । यसको छहारीमुनी धेरै प्रकारका व्यवसाय गर्न पाइन्छ । झापाका सहकारी संस्थाहरु पनि वित्तीय कारोबार गर्दै कृषि उपज एवम् उपभोग्य बस्तुहरुको उत्पादन, प्रशोधन, बजारीकरणमा लागेका छन् । योसँगै सामाजिक उत्तरदायित्वप्रति पनि अत्यन्त सकारात्मक एवम् रचनात्मक ढंगबाट प्रस्तुत हुन थालेका छन् ।
सेरोफेरोका वाणिज्य र विकास बैंकले सामाजिक उत्तरदायित्वलाई उत्तिधेरै वास्ता नगरिरहेको सन्दर्भमा सहकारीका सदस्यले जन्मदेखि मृत्युसम्मका सुख दुःखमा साथ पाइरहेको देख्न पाइन्छ ।
सहकारी संस्थाले आफ्नो सदस्यको वित्तीय आवश्यकतालाई मात्र सम्बोधन नगरी बालबालिकाको शिक्षामा सहयोग गरेर, व्यापार व्यवसाय गर्न कर्जा दिएर, सदस्य बिरामी पर्दा उपचार सुविधा दिएर होस् वा मृत्यु पछि परिवारलाई काजकिरिया खर्च प्रदान गरेर पनि अभिभावकत्व गरिरहेका छन् ।
पछिल्लो समयमा कर्जा बीमा गराएर अनि सदस्य राहत कोष स्थापना गरेर ऋणिको मृत्यु भएमा संस्थालाई बुझाउन बाँकी लाखौं रुपैयाँ कर्जा मिनाहा गर्नेसम्मको कार्यले तिनले सामाजिक उत्तरदायित्वमा प्रसस्त ध्यान पुर्याउन थालेका पाइएको छ ।
झापाका कर्णाली साकोस, हाम्रो नेपाल साकोस, सिम्रिक साकोस लगायतले आफ्ना शेयर सदस्यहरुको निधन पछि तिनको नाममा बाँकी रहेको कर्जा मिनाहा गरिदिएका छन् । ऋणिको मृत्युपछि कर्जा मिनाहा गरिदिने मात्र होइन, मृतक सदस्यको घर परिवारमा नै पुगेर समवेदना व्यक्त गर्दै काज किरिया खर्च पनि प्रदान गरेर सहकारी संस्थालाई विपन्न परिवारका अभिभावक जस्तै बनाएका छन् ।
(हेरौं एउटा भिडियो रिपोर्ट)
सहकारीको सातौं सिद्धान्त यसरी पनि अवलम्बन गर्न सकिन्छ
झापाका सहकारीहरुले सञ्चालन गरेका सामाजिक अभियानहरु जुन रचनात्मक पनि छन् । तिनको बारेमा तयार गरिएको यो एउटा रिपोर्ट । अरु यस्तै विषयमा भइरहेका समाज एवम् वातावरणसँग सम्बन्धित विषयबारे जानकारी पाउँ । हामी कभरेज गर्नेछौं ।
Posted by SajhaManch.com on Monday, June 3, 2019
Comments