Sajhamanch Archive

सभामुखको बेवास्ताले राहदानी विधेयक अलपत्र

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको राहदानी विधेयक अलपत्र परेको छ । सभामुख कृष्णबहादुर महराले चासो नँदिदा विधेयक अलपत्र परेको हो । राष्ट्रपतिबाट विधेयक फिर्ता आएको दुई साता बितिसकेको छ ।

सभामुख महराले विधेयक कसरी अघि बढाउने भन्ने विषयमा छलफल नै थालेका छैनन् । विधेयक फिर्ता भइसकेपछि सरकार तथा दलका प्रमुख सचेतकसँग छलफल गरेर संसद्को नियमावलीअनुसार अघि बढाउने दायित्व सभामुखको भएको संसद् सचिवालयका एक अधिकारीले बताए ।

‘तर सभामुखबाट कुनै पहल नै भएको छैन,’ उनले भने । अनौपचारिक छलफलबाट कुन प्रक्रियामा लैजाने भन्ने सहमति भएपछि मात्रै विधेयक अघि बढ्ने भएकाले यसमा सभामुखको नै प्र्रमुख हात हुने उनको भनाइ छ ।नागरिक दैनिकबाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *