यसरी गाभिदै छ प्राइम कमर्शियल बैंकसँग कनकाई विकास विकाश बैंक
Published: (Updated: )
by .प्राइम बैंक कमर्शियल बैंकसँग कनकाई विकास विकाश बैंक गाभिने भएको छ । बुधबार २ बैंकबीच यस सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा प्राइमका तर्फबाट संचालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र कन्काईका तर्फबाट संचालक समितिका अध्यक्ष सेवक दाहालले हस्ताक्षर गरेका हुन् ।
३ महिना भित्र मर्जर प्रक्रिया सकेर एकिकृत कारोबार सुरु गर्ने लक्ष्य बैंकले लिएको छ । स्वाप रेसियो भने डिडिए प्रतिवेदनको आधारमा तय हुने भएको छ । मर्जरको लागि प्राइम बैंकको तर्फबाट गजेन्द्र बिष्टको संयोजकत्वमामा मजर कमिटि गठन गरिएको छ । मर्जपछि बन्ने बैंकको कुल शाखा संख्या ८९ हुने छ ।
प्राइमका अध्यक्ष श्रेष्ठले पुर्वमा कमजोर रहेको ब्यापार विस्तारलाई मर्जले सहयोग गर्ने अपेक्षा व्यक्त गरे । त्यस्तै उनले असार मसान्तसम्ममा बैंकले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर सम्झौता गर्ने र त्यसको लागी छलफल चलिरहेको बताए । प्राइमले करिब एक दर्जन अन्य बैंक तथा वित्तीय संस्थासंग पनि मर्जर सम्झौताको लागि छलफल गरिरहेको छ ।
यस अघि प्राइमले ओम डेभलपमेन्टलाई गाभ्ने तयारी गरेको थियो । तर अन्तिम समयमा यो मर्जर भाडिएको थियो । मर्जर भाडिएपछि राष्ट्र बैंकले दुवै बैंकलाई ३ महिनामा अर्को मर्जर प्रक्रिया सुरु नगरे कारबाही गर्ने चेतावनी दिएको थियो । जस अनुसार ओमले एनएमबि बैंकसंग मर्जर सम्झौता गरिसकेको छ । प्राइमले पनि कन्काईलाई गाभ्ने भएपछि राष्ट्र बैंकको कारबाहीबाट दुवै बैंक बच्ने भएका हुन् ।
हाल प्राइमको चुक्ता पुंजी ८ अर्ब ३ करोड छ भने कन्काई विकास बैंकको पुंजी ५१ करोड ५० लाख रूपैयाँ रहेको छ ।
Comments