Sajhamanch Archive

इन्डो–प्यासिफिक रणनीतिमा किन तानिँदै छ नेपाल ?

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by .

काठमाडौं । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले १८ जेठमा सार्वजनिक गरेको हिन्द–प्रशान्त ९इन्डो–प्यासिफिक० राणनीतिसम्बन्धी प्रतिवेदनअनुसार अमेरिकाले सन् २०१९ मा ८६ देशसँग ७९ वटा सैन्य साझेदारी गर्दै छ ।

यसमा नेपालसहित हिन्द–प्रशान्त क्षेत्रका १२ मुलुक छन् । पेन्टागनका अनुसार अमेरिकाले ग्लोबल पिस अपरेसन इनिसिएटिभमार्फत नेपाल, भारत, बंगलादेश, कम्बोडिया, फिजी, इन्डोनेसिया, मलेसिया, मंगोलिया, फिलिपिन्स, थाइल्यान्ड, टोंगा र भियतनामसँग सैन्य साझेदारी विस्तार गर्नेछ ।

प्रतिवेदनमा अमेरिकाले नेपाल र श्रीलंकालाई उसको हिन्द–प्रशान्त रणनीतिका नयाँ साझेदार सदस्य भनेको छ ।

तर, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले यसलाई ठाडै अस्वीकार गरे । ‘यो अमेरिकाको प्राथमिकताक्रम समेटिएको दस्ताबेज हो, हामी अमेरिकासँग कुनै गठबन्धनमा छैनौँ र हुँदैनौँ,’ उनले भने, ‘नेपालको हितमा द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्न चाहन्छौँ ।’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले १९ जेठमा आयोजित पत्रकार सम्मेलनमा नेपाल अमेरिकाको रणनीतिक साझेदार नभएको स्पष्ट पारेका थिए । नयाँ पत्रिका दैनिकबाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *