एनसेलले बुझायो चार अर्ब
Published:
by .काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सेवा सञ्चालन अनुमतिपत्र नवीकरणका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई चार अर्ब रुपैंयाँ बुझाएको छ ।
प्राधिकरणका अनुसार कम्पनीले नवीकरण शुल्कको पहिलो किस्ता स्वरुप उक्त रकम भुक्तानी गरेको हो ।
यही जेठ १६ मा सरकारले टेलिकम कम्पनीले तिर्नुपर्ने शुल्क र किस्ता रकम निर्धारण गरेको जानकारी दिएको थियो । गत चैतमै टेलिकम कम्पनीका लागि नवीकरण दस्तुरबापत २० अर्ब रुपैयाँ तिर्नुपर्ने प्राधिकरणले निर्णय गरेको थियो ।
२० अर्बमध्ये प्रत्येक वर्ष किस्ता बापत चार अर्ब रुपैयाँ सरकारलाई तिर्नुपर्छ । नेपाल टेलिकमले पनि उक्त रकम तिर्ने तयारीमा रहेको जनाएको छ ।
Comments