Sajhamanch Archive

विचार चौतारीले दियो महिलाका लागि उद्घोषण तालिम

Published: in राष्ट्रिय समाचार, समाज, by .

अर्जुनधारा । सृष्टि महिला समूहको आयोजना तथा विचार चौतारी युवा क्लबको सहयोगमा अर्जुनधारा नगरपालिका वडा नं. १० स्थित शान्ति टोलमा सञ्चालित सात दिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम बुधबार सम्पन्न भएको छ ।

अर्जुनधारा नगरपालिका वडा नं. १० का वडाध्यक्ष बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा गरिएको तालिम समापन कार्यक्रममा सो समाजका ज्येष्ठ नागरिक तथा तालिम सम्पन्न गर्न सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

तालिम समापन कार्यक्रमा बोल्दै वडाध्यक्ष गोम्देनले अहिलेको समयमा बिजुली, बाटो, विद्यालयको निर्माणले मात्र समाजको विकास नहुने भएकाले सबैभन्दा पहिला मानिसको मानसिकताामा विकास गराउने खालका कार्यक्रम गर्नुपर्ने कुरामा जोड दिए ।  उद्घोषण तालिमको सहजीकरण विचार चौतारी युवा क्लबका संस्थापक अध्यक्ष नेत्रप्रसाद मिश्रले गरेका थिए ।

समूहका अध्यक्ष अम्बिका बुढाथोकीको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा सहभागीहरुलाई समूहका सदस्य उर्मिला मैनालीले शब्द स्वागत गरेकी थिइन् । सो कार्यक्रममा अर्जुनधारा वडा सदस्य शकुन्तला बराल, भोला गौतम, चारआली जेसीजका अध्यक्ष उत्तम पकुवाल, समाजसेवी केशव सञ्जेलले मन्तव्य राखेका थिए ।

तालिम समापनका अवसरमा प्रशिक्षार्थीहरु सम्पदा अधिकारी, अमिता मैनाली, अञ्जना भट्टराईले आफ्नो सिकाई मन्तव्य राखेका थिए । उद्घोषण तालिम संयोजक उत्सव घिमिरेले औचित्य माथि पारेको समापन कार्यक्रमको सञ्चालन अविश भट्टराई र जुनु घिमिरेले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *