Sajhamanch Archive

साताको शेयर बजारः दुई अर्ब ७५ करोडको कारोवार

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं । धितोपत्र बजारमा यस साता रु दुई अर्ब ७५ करोड ६२ लाख ९८ हजार १५२ बराबरको शेयर कारोवार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७२ कम्पनीको ८३ लाख ६६ हजार २५५ कित्ता शेयर कारोवार भए । कारोवार मापक नेप्से परिसूचक २१ विन्दुले घटेको छ । साताको पहिलो दिन एक हजार ३०५।६८ बिन्दुमा रहेको नेप्से परिसूचक साताको अन्तिम दिन एक हजार २८४।५९ बिन्दुमा झरेर बन्द भयो ।

साताको पहिलो दिन शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । सो दिन नेप्से परिसूचक १३।७९ बिन्दुले घटेर एक हजार ३०५।६८ अङ्कमा झर्यो ।

स्टकका अनुसार सो दिन कूल १६६ कम्पनीको २० लाख ७८ हजार ९१ कित्ता शेयर रु ७५ करोड ३२ लाख ५७ हजार २०९ मूल्यमा खरीद बिक्री भए ।

यस्तै दोस्रो दिन, कारोवार मापक नेप्से परिसूचक १२।८४ बिन्दुले घटेर एक हजार २९२।८४ अङ्कमा झर्यो । एक हजार तीन सय बिन्दु माथि पुगेको बजार घटेर एक हजार दुई सयको बिन्दुमा झर्यो ।

सो दिन कूल १७१ कम्पनीको २१ लाख ७६ हजार ३७० कित्ता शेयर रु ६९ करोड ८७ लाख ३९ हजार ७०६ मूल्यमा खरीद बिक्री भए ।

यस्तै साताको तेस्रो दिन पनि कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो । सो दिन मापक नेप्से परिसूचक ३।५६ बिन्दुले घटेर एक हजार २८९।२८ अङ्कमा पुग्यो ।

स्टकका अनुसार कूल १७२ कम्पनीको २२ लाख ५२ हजार ५४६ कित्ता शेयर रु ७१ करोड ५४ लाख ७८ हजार ६१२ मूल्यमा खरीद बिक्री भए । बुधबार भने सार्वजनिक बिदा परेका कारण शेयर बजार पनि बन्द रह्यो ।

बिहीबार पनि कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो । सो दिन नेप्से परिसूचक ४।६९ बिन्दुले घटेर एक हजार २८४।५९ अङ्कमा झर्यो । सो दिन कूल १७२ कम्पनीको १८ लाख ५९ हजार २४८ कित्ता शेयर रु ५८ करोड ८८ लाख २२ हजार ६२५ मूल्यमा खरीद बिक्री भए । रासस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *