Sajhamanch Archive

घरमा सिंह पाल्ने यी पाकिस्तानी

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

सामान्यतयाः मानिसहरुले घरमा कुकुर र बिरालो जस्ता पाल्तु जनावर पाल्ने गर्छन् तर एकजना पाकिस्तानीले घरमा सिंह पालेर सबैलाई अचम्मित पारेका छन् ।

पाकिस्तानको मुल्तानमा बस्ने ३३ वर्षीय जुल्कैफ चौधरीले दिनहुँ मर्निङ वाकमा लैजान्छन् । यति मात्र होइनन्, उनी सिंहसितै सुत्छन् ।

जुल्कैफको परिवारलाई सिंहसित कुनै समस्या छैन । जुल्कैफको दुई वर्षको छोरो पनि बडो मायासित सिंहसित खेल्ने गर्दछ । जुल्कैफले सिंहको नाम बब्बर राखेका छन् ।

उनले सिंहलाई कुनै पनि बन्धनले बाँधेका छैनन् । पाल्तु जनावर कुकुर बिरालोजस्तै सिंह घरको जुनसुुकै ठाउँमा पनि घुुम्ने गर्दछ ।

जुुल्कैफले सम्बन्धित अधिकारीबाट सिंह पाल्नको लागि अनुमति पाएको बताएका छन् । तर उनले कहाँबाट उक्त सिंह किनेर ल्याएका हुन्, यो कुरा भने उनले खुलाएका छैनन् ।

उनी भन्छन्, “मैले सिंह किन्दा दुई महिनाको थियो, मैले ६ महिनादेखि यसको पालनपोषण घरको सदस्यजस्तै गरेको छु । यो त घरको सदस्य नै भइसकेको छ ।”

घरमा सिंह राखेपछि जुल्कैफ चर्चित भएका छन् । आसपासका मानिसहरु सेल्फी लिन आउँछन् । उनले घरको एक ठाउँमा बब्बरको लागि बेडरुम बनाइदिएका छन् । एसीको पनि व्यवस्था गरिदिएका छन् ।

उनी आफैले बब्बरलाई तालिम पनि दिइरहेका छन् । जुल्कैफकी आमाका अनुसार दुई महिनाको सिंहलाई करिब तीन लाखमा किनेको र सिंह पाल्नको लागि मासिक दुई लाखसम्म खर्च लाग्ने कुरा बताएकी छिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *