बिरामीको मृत्यु, कन्काई हस्पिटल तोडफोड
Published: (Updated: )
by .बिर्तामोड । झापाको बिर्तामोडमा अवस्थित कन्काई हस्पिटलमा डाक्टरको लापरबाहिले गर्दा बिरामीको मृत्यु भएको भन्दै परिवार तथा आफन्तद्धारा आक्रोशमा आएर अस्पताल तोडफोड गर्ने प्रयास गरेका छन् ।
सुर्योदय नगरपालिका वडा नं. ९ बस्ने २१ बर्षिया विविता तामाङको मृत्यु भएको छ । आक्रोशमा आएका परिवार तथा आफन्तद्धारा अस्पतालमा ढुङ्गामुडा गर्न थाले पछि प्रहरीले भिडलाई संयम बनाउन तीन सेल असुल ग्यास समेत प्रहार गरेको थियो ।
उक्त भिडमा आक्रोस भएर मृतकका परिवार तथा आफन्तहरु द्धारा हानेको ढुङगाले लागेर इलामका सुजन राईलाई चोट लागेका छ । घटनालाई संयम बनाउन परिवार तथा अस्पताल प्रशासनको बार्ता जारी रहेको छ ।
विमा कार्यक्रम लागु भएपछि सुर्योदयन गरपालिका ९ फिक्कलबाट २१ वर्षकी तामाङ्गलाई गत बुधवार एपिन्डीसको अप्रेशनका लागि अस्पताल भर्ना गरिएको मृतकका पिता दावा तामाङ्गले बताउनुभयो ।
तर आइतवार आज विहानसम्म डाक्टरहरुको टिमले विरामीको स्थिति सामान्य छ भनेपनि आज विहान ८ बजे एक्कासि डाक्टरले विरामीको अवस्था अलिक खराब भयो , विराटनगर लैजानु भनेको र कनकाई हस्पिटलकै एम्बुलेन्समा राखि विराटनगर नोबेल लैजादा नोवोलले विरामी मरिसकेको बताएको पिता दावाले बताउनुभयो ।
अहिले मृतकका आफन्तले उपचारमा संग्लन डाक्टर सन्तोसकुमार मिश्रलाई कार्वाहीको माग गर्दै विराटनगरबाट फिर्ता ल्याएको शवलाई अस्पतालमै शव राखेर प्रर्दशन गरिरहेका छन ।
हाल कनकाई हस्पिटलको अवस्था तनावग्रस्त रहेको छ भने कनकाईका सम्पुर्ण डाक्टरहरु अन्यत्र गएकाले उपचार हुन पाएको छैन । हाल कनकाई हस्पिटलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
Comments