Sajhamanch Archive

भारतले विश्वकै सबैभन्दा महङ्गो चुनावको रेकर्ड बनायो

Published: in राजनीति, राष्ट्रिय समाचार, विश्व समाचार by .

केही समय अगाडि सम्पन्न भारतको आम निर्वाचनले विश्वकै सबैभन्दा ठूलो मात्र नभएर विश्वको सबैभन्दा महङ्गो निर्वाचनको समेत नयाँ रेकर्ड कायम गरेको छ ।

सो चुनावमा राजनीतिक दल, उमेदवार र निरीक्षक निकायले ८।६ अर्ब डलर खर्च गरेका छन् । जबकी २०१६ मा अमेरिकी राष्ट्रपति चुनावका लागि केबल ६।५ अर्ब डलर खर्च भएको अनुमान गरिएको छ ।

दिल्लीस्थित सेन्टर फर मिडिया स्टडिज सीएमसी ले सञ्चालन गरेको सो अध्ययनमा राष्ट्रिय र प्रदेश दुवै स्तरमा भएको यस वर्षको चुनाव खर्चको हिसाब समावेश गरिएको छ । यस्तोमा सो खर्च २०१४ को तुलनामा झन्डै दुई गुणा बढी रहेको बताइएको छ ।

सो निष्कर्षले भारतको इतिहासमा मोदीको स्थान अत्याधिक शक्तिशाली राजनीतिज्ञमा रहेको पनि स्पष्ट पारेको छ ।उत्साहजनक नतिजाका लागि मोदीको व्यक्तिगत लोकप्रियताले पनि ठूलो भूमिका निर्वाह गरेको बताइएको छ ।

यसरी खर्चमा मोदीको भारतीय जनता पार्टीको मात्र ५५ प्रतिशत योगदान रहेको बताइएको छ अर्थात ४।५ अर्ब डलर भन्दा बढी ।

यता प्रमुख विपक्षी पार्टी एवम् मोदीका कडा प्रतिस्पर्धी, राहुल गान्धीले नेतृत्व गरेको कांग्रेसले भने कूल खर्चमा १५ देखि २० प्रतिशतका लागि जिम्मेवार रहेको बताइएको छ ।

कुनैसमय भारतको राष्ट्रिय पार्टीका रुपमा रहेको कांग्रेसको २०१९ को नतिजा दोस्रो सबैभन्दा खराब प्रदर्शन मानिएको छ ।
तापनि भारतले चुनावमा गरेको यति धेरै लगानीले देशको निर्वाचन अभ्यासको बढ्दो स्वरुपलाई दर्शाउँछ ।

यसमा ६० करोड भन्दा बढी मतदाताले भोट हालेका हुन् जसका लागि निर्वाचन आयोगले १० लाख भन्दा बढी मतदान केन्द्र स्थापना गराएको थियो ।

त्यस्तै निर्वाचनकै लागि भनेर १ करोड भन्दा बढी अधिकारीहरुलाई सात हप्तासम्म खटाइएको हो । यस्तोमा आयोगको खर्च पनि एक अर्ब डलर भन्दा बढी हुन्छ जुन २०१४ को चुनाव खर्च भन्दा करिब दुई गुणा बढी हो ।

सिएमएसका अनुसार कूल खर्चको अधिक कारोबार क्यासमा १० देखि १२ प्रतिशत मतदातासँग नै भएको थियो । अध्ययनले उल्लेख गरेको छ, ‘मतदाताहरुलाई फकाउन विभिन्न प्रस्ताव गरिएको थियो भने सत्तामा आएपछि थुप्रै लाभकारी परियोजना अघि बढाउने वचन दिइएको थियो ।’

यसरी निर्वाचन आयोगले ११ हप्ताको सक्रिय चुनाव प्रचार अभियानका क्रममा करिब आधा अर्ब बराबरका क्यास, सुन, मदिरा र ड्रग्स लगायत अवैध कारोबार फेला पारि नियन्त्रणमा लिएको थियो । सीएनएनबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *