Sajhamanch Archive

महिला विश्वकप फुटबलमा अमेरिकाको विशाल जित

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार, विविधा by .

काठमाडौं । फ्रान्समा जारी महिला विश्वकप फुटबलमा अमेरिकाले १३–० को विशाल जित निकालेको छ ।

गएराति भएको खेलमा थाइल्याण्डमाथि १३ गोल बर्षाउँदै अमेरिकाले महिला विश्वकपको इतिहासमै अहिलेसम्मको फराकिलो जित दर्ता गरेको हो ।

अमेरिकालाई कीर्तीमानी जित दिलाउन अलेक्स मोर्गन एक्लैले ५ गोल गरिन् । महिला विश्वकप फुटबलमा यसअघिको सबैभन्दा फराकिलो जित ११–० को थियो ।

सन् २००७ को विश्वकपमा जर्मनीले अर्जेन्टिनाविरुद्ध ११ गोल गर्दै कीर्तिमान राखेको थियो ।

गएराति भएका अन्य खेलमा नेदरल्याण्ड्सले न्यूजिल्याण्डलाई १–० ले हराउँदा स्विडेनले चिलीमाथि २–० को जित निकाल्यो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *