Sajhamanch Archive

महिला विश्वकप फुटबलमा तीन खेल

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by .

एजेन्सी । फिफा महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदैछ ।

पहिलो खेल जर्मनी र स्पेनबीच नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ । दुवै टोली दोस्रो जितको लक्ष्यका साथ मैदान उत्रिँदैछन् ।

बेलुका पौने ७ बजे आफ्नो दोस्रो खेलमा दक्षिण कोरिया नाइजेरियासँग खेल्दैछ । यसअघिको पहिलो खेलमा पराजित दुवै टोली सुखद् नतिजाको पर्खाइमा छन् ।

राती १ बजे नर्वे र फ्रान्स आमनेसामने हुनेछन् । समुह ए को दोस्रो खेलमा दुबै टोली प्रतिस्पर्धा गर्न लागेका हुन् । यि दुबैले पहिलो खेलमा जित निकालेका थिए । फ्रान्स समुहको शिर्षस्थानमा रहँदा नर्वे दोस्रो स्थानमा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *