Sajhamanch Archive

मेचीनगरमा नयाँ कुष्ठरोगी फेला

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by .

मेचीनगर । झापाको मेचीनगरमा कुष्ठरोगका नयाँ विरामी फेला परेका छन् ।

नगरपालिकाको स्वास्थ्य शाखाले नगरको कुष्ठरोगको अवस्थाबारे जानकारी लिने उद्देश्यले बुधबार मेचीनगर— १५ स्थित ज्यामिरगढी स्वास्थ्य केन्द्रमा आयोजना गरेको एकदिने निःशुल्क चर्मरोग सम्बन्धि स्वास्थ्य शिविरमा नयाँ कुष्ठरोगी फेला परेको शाखा संयोजक शशीकला राईले जानकारी दिईन् । उनका अनुसार अहिले नगरमा ११ जना कुष्ठरोगीले नियमित औषधि सेवा गरीरहेका छन् ।

‘हामीले शिविर सञ्चालन गर्नुको मुख्य उद्देश्य पनि कुष्ठरोगीको पहिचान गर्न नै हो ’संयोजक राईले भनिन्—‘झापामा कुष्ठरोगीको संख्या धेरै छ । यो एक व्यक्तिबाट अर्काेमा सर्ने रोग हो । यसको सर्ने दर कम भएपनि आजको शिविरमा फेला परेका रोगीमा निक्कै कडा खालको कुष्ठ रोग फेला परेको छ । उनीका शरीरका नशा पुरै ‘इगनोर ’ भइसकेको छ । ‘डिफरमिटी’हरु पनि फेला परेको छ । एकवर्षसम्म उनीहरुले नियमित औषधि खानैपर्छ ।’ उनले रोगीका बारेमा नाम, थर वतन गोप्य राख्नुपर्ने भन्दैं नाम खुलाउन चाहिनन् ।

शिविरमा मेचीनगरसहित छिमेकी भद्रपुर नगरपालिकाका विभिन्न वडाबाट आएका १ सय ८० जनाले स्वास्थ्य परीक्षण गराएका थिए । अधिकाँशमा गर्मीका कारण छालामा लाग्ने रोग देखिएको थियो । गर्मीका कारण शरीरको च्याप च्यापमा हुने संक्रमण, फंगलको समस्यासहित एलर्जी, बालबालिकाहरुमा घमौरा, स साना कीराले टोकेको, दादलगायत फेला परेको पूर्वाञ्चल विश्व विद्यालयका डर्माटोलोजिष्ट डाक्टर निरज खड्काले जानकारी दिए । शिविरमा डाक्टर खड्का नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले स्वस्थ्य परीक्षण गरेको थियो ।

बसाइसराई, खुला सीमाना बिरामी अंगभंग भएपछि मात्र उपचारका लागि आउनेलगायतका कारण कुष्ठरोग नियन्त्रण कार्यक्रम प्रभावकारी बन्न नसकेको तथा कुष्ठरोग निवारणमा चुनौती बन्ने गरेको नेपाल कुष्ठरोग संगती झापा इञ्चार्ज परशुराम पोखरेलको भनाई छ । यसका साथै मानिसमा अझसम्म कुष्ठरोगीलाई हेर्ने दृष्टिकोण फरक रहेकाले यसलाई कुनै जुनीको पाप हो भन्ने, नकारात्मक शैलीमा समाजले हेर्ने धेरै मानिसहरु खुलेर उपचारका लागि स्वास्थय केन्द्रमा जान समेत हिच्कीच्याउँने गरेका कारण पनि कुष्ठरोगीहरुको संख्या वर्सेनी बढन्े गरेको छ ।

स्वास्थ्य अधिकारीका अनुसार बसाइसराई गरेर आउने दर बढी हुँदा, भारतीय बजारमा रोजगारी गरेर फर्कने तथा आफ्न्तहरुसंगको भेटघाटमा आउनेका मानिसका कारण झापालगायतका केही जिल्लामा कुष्ठरोग निवारण हुन नसकेको र वर्षेनी रोगीको संख्या बढ्ने गरेको हो । विश्वमा कुष्ठरोगीको संख्या जति छ त्यसको आधा भन्दाबढी भारतमै मात्र रहेका छन् । सरकारले सन् २०२० सम्ममा देशभरबाट कुष्ठरोग निवारण गर्ने उद्देश्य राखेको भएपनि देशका तराईका जिल्लामा हरेक वर्ष नयाँ कुष्ठरोगी फेला पर्ने क्रम भने रोकिएको छैन् ।

नेपाली सरकारी स्वास्थ्य अधिकारीका अनुसार भारतमा कुष्ठरोग उन्मुलन नभएसम्म नेपालमा दीर्घकालीनरुपमा उन्मुलन हुन सक्दैन् । हरेक वर्ष ‘समयमा नै कुष्ठरोगको पहिचान गरौ अपागंता हुन बाट बचौ भन्ने मुल उद्देश्यले विश्व कुष्ठरोग दिवस मनाउने गरेको छ । सरकारले २०६६ सालमा नेपाल कुष्ठनिवारण भएको घोषणा गरेको थियो । तर,अझै पनि नेपालका दर्जनौं जिल्लामा रोग निवारण भएको छैन् । राज्यले १० हजार जनसंख्यामा १ जना कुष्ठरोगी भएमात्र त्यसलाई निवारणको अवस्था भन्ने गरेको छ । समग्र झापा जिल्लामा कुष्ठ प्रभावितहरुको संख्या प्रति दशहजारमा १ सय ७७ प्रतिशत रहेको बताईएको छ ।

सरकारले कुष्ठरोग निवारण गर्न बर्षेनी झापामा मात्र ३ देखि ४ लाख रुपैयाँ बजेट बिनियोजन गर्ने गरेको छ । जिल्लामा बिरामी तथा छिमेकीको स्वस्थ्य परीक्षण, स्कुल स्वास्थय शिक्षा, छालाका रोगीहरुको निःशुल्क शिविरलगायत कुष्ठरोग सम्बन्धी जनचेतना मुलक सडक नाटक प्रदर्शन तथा बिभिन्न गोष्ठी, सेमिनार सञ्चालन गर्दे आएकोे छ ।

समयमै उपचार गरे यो रोग निको हुने र अंगभंग हुन बाट बच्न सक्ने भएपछि सरकारले निःशुल्क रुपमा सरकारी स्वास्थ्य केन्द्रहरुमा औषधि वितरण गर्दैं आएको छ । तर, सामाजिक भेदभावका कारण कुष्ठरोगीहरु खुलेरै उपचारका लागि नपुग्ने गरेका कारण मानिस अपांग हुने गरेका छन् । कुष्ठरोगी भन्ने वित्तिकै हेलाको भावले हेरेन्थियो यहि भएर हाम्रो समाजमा कुष्ठरोगीको उपचार समयमै हुन सकेको थिएन, पछिल्लो समयमा मानिसको चेतनासंगै यस्तो रुढीबाडी र अन्धविश्वासको अन्त्य भएको छ, मानिसको शरीरमा कुनै पनि दाग देखिने वित्तिकै उपचारका लागि जाने हो भने जिन्दगीभर अपांग भएर बाँच्न पर्दैन थियो ।

स्वास्थ्य मन्त्रालय कुष्ठरोग नियन्त्रण महाशाखाका अनुसार अहिले मुलुकमा बर्सेनी देखिने नयाँ कुष्ठरोगीहरुमध्ये ५ प्रतिशतमा शारीरिक अपांगता हुने गरेको छ । विभागको तथ्याङ्क अनुसार नेपालमा वर्सेनी करिब ३ हजारभन्दा बढी नयाँ कुष्ठरोगी थपिने गरेका छन् । विभिन्न कारणले उपचारमा नपुग्दा नेपालमा वर्षेनी १ सय भन्दा कुष्ठरोगी शरीरका विभिन्न भाग झरेर हुने अपांगताजस्ता विभिन्न प्रकारका अशक्ततासंगै बाँच्न बाँध्य भएको विभागले जनाएको छ । बाँके नेपालकै सवैभन्दा बढी कुष्ठरोगी भएको जिल्ला हो । त्यसपछि बर्दिया तेस्रो जिल्लाका रुपमा पर्दछ । विभागका अनुसार वितेको आर्थिकवर्षमा नेपालमा ३ हजार बढी नयाँ कुष्ठरोगी फेला परेका थिए । भारतबाट पनि आएर औषधि गर्नेको संख्या पनि उत्तिकै छ ।

रोग लुकाएर राख्ने, खुलेर उपचारका लागि नजाने कारणले मानि समयमै उपचार नगर्ने अन्तिम चरणमा मात्र उपचार खोज्ने कारणले जीवनभरका लागि शारीरिक अपांगता भएर धेरै मानिस बाँच्ने गरेका छन् । यदि समयमै उपचार गर्न जाने हो भने यो समस्याबाट मुक्त पाइन्छ । यसका लागि स्वयम् आफुनै सचेत हुनपर्ने स्वास्थ्यकर्मी रामनारायण यादव बताउछन् । शिविरमा स्वस्थ्यकर्मीहरु प्रदिपकुमार गुप्ता, मनोज भट्टराई, पवित्रा भुजेल, धनकुमारी राई, बबिताकुमारी यादव, गोमादेवी उप्रेती, तारादेवी शिवाकोटी रीना यादव, कृष्णकुमारी निरौला कोपिला भट्टराईले सेवा दिएका थिए । १५ नम्बर वडाध्यक्ष गुणराज भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती,प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्ग, खाद्य अधिकृत दीपेन्द्रकुमार कार्कीलगायतको आतिथ्यता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *