Sajhamanch Archive

प्रदेश नं. १ को तराईमा गर्मी बढ्यो,आज तापक्रम ३८ डिग्री पुग्ने अनुमान

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

झापा । दुई दिनदेखि बढेको अध्यधिक गर्मीका कारण जनजिवन प्रभावित बन्न थालेको छ । प्रदेश १ को तराईमा दुई दिन यता बढेको अत्यधिक गर्मीले तराई जिल्लाहरुमा बढी असर पुगेको हो ।

बिहीबार विराटनगरको तापक्रम ३७.८ डिग्री, इटहरी र धरानको ३७ डिग्री पुगेको मौसम विभागले जनाएको छ ।

तापक्रम बढेपछि बजार तथा सडकमा चहलपहल घटेको छ । कालोपत्रे गरिएको सडकमा अलकत्रा पग्लन समेत थालेको छ । शुक्रबार बिहानै विराटनगर र इटहरीको तापक्रम ३१ डिग्री पुगेको छ । बिहानैदेखि नै चर्को घाम लागेकाले दिउँसो तराईका जिल्लाको तापक्रम ३८ डिग्री पुग्ने अनुमान गरेको हावापानी फिल्ड कार्यालय कोशीले जनाएको छ ।

गर्मीका कारण विद्यालयमा बढी असर परेको छ । तराईका निजी तथा सामुदायिक विद्यालयहरुमा पठन पाठनमा समस्या परेको विद्यायलले जनाएका छन् । त्यसैगरी स्वास्थ्य समस्या समेत देखा पर्न थालेको छ। गर्मीको सिजनमा विभिन्न किसिमको रोगको संक्रमण बढ्ने भएकाले चाँडै गल्ने, सड्ने, कुहिने खालको खाना नखान चिकित्सकको सुझाव छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *