Sajhamanch Archive

बेल्जियमका स्टार खेलाडी हजार्ड रियल मड्रिडमा

Published: in खेलकुद, विश्व समाचार by .

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले बेल्जियमका स्टार खेलाडी इडेन हजार्डलाई आफ्नो क्लबमा स्वागत गरेको छ ।

चेल्सीबाट रियल मड्रिडमा आएका हजार्डले पाँच वर्षका लागि सम्झौता गरेका छन् । गत साता नै हजार्ड रियल मड्रिडमा आउने टुंगो लागे पनि उनी मेडिकल टेष्टमा थिए ।

१५० मिलियन पाउण्ड खर्चर गरेर ल्याएका हजार्डलाई आफ्नो घरेलु मैदानमा करीब ५० हजार दर्शकको अघि रियल मड्रिडले भव्य स्वागत गरेको छ ।

मैदानमै उनको जर्सी सार्वजनिक गरिएको छ । क्लबमा अनुबन्धन भएसँगै हजार्डले रियल मड्रिडबाट खेल्ने आफ्नो सपना रहेको बताएका थिए ।

उनले भनेका छन्, ‘मेरो बच्चैदेखिको सपना थियो कि म रियल मड्रिडबाट फुटबल खेलुँ । म सुपरस्टार त होइन तर कोशिस गर्नेछु ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *