Sajhamanch Archive

मोदीले इमरानसँग मिलाएनन हात

Published: in विश्व समाचार, समाज by .

किर्गिस्तान । सङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्रीले पाकिस्तानी समकक्षी इमरान खानसँग भेट हुँदा हात पनि मिलाएनन् ।

बरु, आफ्नो सम्बोधनका क्रममा मोदीले नाम नलिइकनै पाकिस्तानतर्फ इसारा गर्दै आतङ्कवादमाथि कडा टिप्पणी गरे । उनले एससीओको सदस्य देशहरुले आतङ्कवादविरुद्ध एकजुट भएर लाग्न आह्वानसमेत गरे ।

उपस्थित सबैले मोदीको इशारा कता थियो भन्ने बुझिहाले । उनले भने, ‘‘आतङ्कवादलाई समर्थन, प्रोत्साहन तथा आर्थिक मद्दत गर्ने मुलुकलाई जिम्मेवार ठान्नु जरुरी छ । एससीओ सदस्यहरुले एकसाथ उभिएर यसका विरुद्ध काम गर्नु आवश्यक छ ।’’

संसार आतङ्कवादबाट आक्रान्त भएकाले यसविरुद्ध सबै मिलेर काम गर्नु अनि आतङ्कवादलाई प्रोत्साहन गर्न भइरहेको आर्थिक सहयोग (फन्डिङ) मा रोक लगाउनु जरुरी रहेको प्रधानमन्त्री मोदीको भनाइ थियो ।

उनले आफू भर्खरै श्रीलङ्काको भ्रमणमा गएको र त्यहाँ पनि आतङ्कवादको खतरनाक रुप देखेको उल्लेख गरे । सम्बोधनका क्रममा उनले ‘टेररिज्म फ्रि सोसाइटी’को नारा पनि दिए । आतङ्कवाद विरुद्ध भारतले अन्तरराष्ट्रिय सम्मेलनको आह्वान गर्ने पनि उनले बताए ।

आतङ्कवादमाथि आफ्नो कडा टिप्पणीपश्चात् उनले भारतमा रुसी भाषामा पर्यटन हेल्पलाइन सुरु हुने जानकारी दिए । एससीओका सबै सदस्य देशका लागि भारतमा ई–भिसा उपलब्ध भएको पनि उनले बताए ।

अफगानिस्तानमा शान्ति र स्थिरतका लागि हुने सबैखाले प्रयासमा भारतको साथ हुने उनको भनाइ थियो ।

‘‘हामी सबैको भिजन हाम्रो क्षेत्रमा स्वस्थखाले सहयोगलाई मजबुत गर्नु रहेको छ । स्वास्थ्य सुविधा, आर्थिक, वैकल्पिक ऊर्जाजस्ता कामका लागि हामीले अघि सर्नुपर्छ । भारत मेडिकल टुरिज्मलाई बढावा दिन तत्पर छ । बहुपक्षीय व्यापार प्रणालीको आवश्यकता छ,’’ उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *