Sajhamanch Archive

भारतको झारखण्डमा नक्सलवादी आक्रमणमा बढदो

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

नयाँदिल्ली । भारतको झारखण्डमा नक्सलवादीले गरेको आक्रमणमा पाँच प्रहरीको मृत्यु भएको छ । सरायकेला खरसान्वा जिल्लामा प्रहरीलाई लक्षित गर्दै नक्सलवादीले आक्रमण गरेका हुन् ।

पश्चिम बंगालसँग जोडिएको तिरुलडिह थाना क्षेत्रमा गस्तीका लागि एउटा गाडीमा गएका प्रहरीहरु कुकड साप्ताहिक हाटबाट फर्किरहेका बेला बाटोमा ढुकेर बसेका नक्सलवादीले अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । त्यस क्रममा पाँच जना प्रहरीको मृत्यु भएको भारतीय अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो एक महिनामा यो जिल्लामा नक्सलवादीले आक्रमण गरेको यो चौथो पटक हो ।

झारखण्डका प्रहरी प्रवक्ता एमएल मिणाले बंगालको सीमा क्षेत्रबाट आएका करिब एक दर्जन नक्सलवादीले पुलिसको गाडी रोकेर अन्धाधुन्ध गोली प्रहार गरेको बताए । यस क्रममा गाडीमा रहेका सबै प्रहरीको मृत्यु भएको थियो ।

मोटरसाइकलमा आएका नक्सलवादीहरुले आक्रमण गरेपछि प्रहरीका केही हतियार समेत लिएर गएका छन् । नक्सलवादीले आक्रमण गरेपछि प्रहरीले पनि जवाफी कारबाही गरेको र त्यस क्रममा केही नक्सलवादी समेत घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

घाइतेहरुलाई पनि नक्सलवादीले लिएर गएको बताइएको छ । प्रहरीले त्यस क्रममा खानतलासीलाई तीव्र पारेको छ । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *