शिवसताक्षी नगरपालिकामा १४४ जनाले पाए रोजगारी
Published: (Updated: )
by .दूधे । शिवसताक्षी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १४४ ले रोजगारी पाएका छन् ।
आइतबार नगरपालिकाको कार्यालयमा एक कार्यक्रम आयोजना गरी श्रमिकलाई कामको लागि आवश्यक पर्ने सामाग्री प्रदान गरिएको छ ।
श्रमिकलाई ज्याकेट, हेल्मेट, फरुवा, बेल्चा, ठेला गाडी, मार्तल, आरी जस्ता सामाग्री नगरप्रमुख चन्द्रकुमार शेर्माले प्रदान गरेका थिए ।
श्रमिकले सोमबारदेखि नगर भित्रका सडक मर्मत , बजार क्षेत्र सरसफाई, तटबन्धन गरिएको स्थानमा बक्षारोण गर्ने, पर्यटकीय तथा सार्वजनिक स्थलहरुका झाडी–फोहोर सरसफाइ गर्ने, सार्वजनिक भवनहरुको रंगरोगन गर्ने कार्यहरु गर्ने शिवसताक्षी नगरपालिकाका रोजगार संयोजक विदुर तिम्सिनाले जानकारी दिए ।
रोजगारीका लागि नगरभित्रबाट १६ सय आवेदन परेको थियो । जसमा १४४ जना रोजगार कार्यक्रमको मापदण्ड अनुसार छनोट भएको रोजगार संयोजक तिम्सिनाले बताए । श्रमिकले दैनिक ५१७ रुपैयाँ प्राप्त गर्ने नगरपालिकाले जनाएको छ ।
Comments