Sajhamanch Archive

वेष्ट इण्डिज र बंगलादेशमा कसले मार्ला बाजी

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by .

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज एक खेल हुँदैछ ।

काउन्टी मैदानमा हुने खेलमा उपाधि दावेदार वेष्ट इण्डिज र बंगलादेश आमने सामने हुँदैछन । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ ।

आजको खेलमा दुवै टोली जितको खोजीमा हुनेछन् । यस अघि एक–एक खेल जितेका दुबै टोली आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफुलाई बलियो बनाउने योजनामा हुनेछन् ।

यस अघि वेष्ट इण्डिजले २ खेलमा हार व्यहोर्दा एक जित निकालेको छ । यता बंगलादेशले ४ खेलमा २ खेलमा हार, एक खेलमा जित र एक खेलमा वर्षाको कारण बराबरी खेलेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *