Sajhamanch Archive

डेंगु परीक्षण किटमा कालोबजारी, मन्त्रालयले दियो कारबाहीको चेतावनी

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । डेंगु परीक्षणमा प्रयोग हुने टेस्ट किटमा बढी मूल्य लिएको पाइएमा कालाबजारी कसूरमा कारबाही गर्ने चेतावनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै केही दिनयता पूर्वी नेपालमा फैलिएको डेंगु परीक्षणका क्रममा अस्पताललगायत मेडिकल कलेजहरुले ४ सय रुपैयाँ पर्ने परीक्षण टेस्ट किटलाई १८ सयदेखि २४ सयसम्म लिने गरेको गुनासो आएपछि कारबाही गर्ने चेतावनी दिएको हो ।

मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले डेंगु परीक्षण किटको मूल्य अत्यधिक लिइएको गुनासो आएको बताए । टेस्ट किटलाई सुपथ मूल्यमा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको समेत उनले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *