Sajhamanch Archive

प्रदेश १ का स्थानीय तहमा पत्रकारको ज्ञापन 

Published: (Updated: ) in अर्थतन्त्र, खेलकुद, गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, परदेश (प्रवास), प्रदेश तह, फोटो, भिडियो, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, लोकप्रिय, विचार/ब्लग, विविधा, शिक्षा, समाज, सहकारी, स्थानीय तह, स्वास्थ्य by .

झापा । नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिको आव्हानमा आज झापासहित प्रदेश १ का सबै स्थानीय तहमा ज्ञापन पत्र बुझाइएको छ ।

स्थानीय सरकारका कानूनहरु निर्माण गर्दा प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूत हुने गरी मिडिया मैत्री कानुन निर्माण गर्नुपर्ने, स्थानीय सञ्चार माध्यमलाई समानुपातिक तवरले विज्ञापन  प्रदान गरिनुपर्ने ज्ञापनपत्रमा माग छन् ।

स्थानीय सञ्चार माध्यमको प्रवद्र्धन र पत्रकारहरुको क्षमता विकासको लागि आवश्यक नीति र बजेट तर्जुमा गरी लागू गरिनुपर्ने, स्थानीय तहका सूचनाहरुमा आम पत्रकारहरुको सहज पहुँच स्थापित हुनुपर्ने भन्दै महासंघ १ नम्बर प्रदेश समितिले आज सबै स्थानीय तहमा ज्ञापन पत्र बुझाएको हो ।

सो कार्यक्रमअन्तरगत झापाका सबै स्थानीय तहमा पत्रकारहरुको टोली गएर गएर स्थानीय तहका प्रमुख, उपप्रमुख एवम् प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र हस्तान्तरण गरिएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिकामा नेपाल पत्रकार महासंघ झापाका सल्लाहकार गोपाल काप्mलेको नेतृत्वमा गएको पत्रकार टोलीले गाउँपालिकाका अध्यक्ष रमेश भुजेल, उपाध्यक्ष मिरा भुर्तेल र प्रमुख प्रशासकीय अधिकृत मनोज राउतलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाइएको हो ।

बुद्धशान्ति गाउँपालिकाको बजेट तर्जुमा सम्बन्धी गोष्ठी चलिरहेकाले प्रदेश समितिले तयार गरी महासचिव विवेक गौतमद्वारा हस्ताक्षरित ज्ञापनपत्र हस्तान्तरण गर्ने कार्यक्रममा गाउँपालिकाका प्रायः सबै जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

गाउँपालिकामा ज्ञापनपत्र हस्तान्तरण गर्नुअघि पत्रकार काफ्लेले आफ्नो मन्तब्यसहित सो वाचन गरेर सुनाएका थिए ।

पूर्वेली साप्ताहिकका सम्पादक अनिल वाग्लेले दिएको जानकारीअनुसार ज्ञापन पत्र बुझेपछि गाउँपालिकाका अध्यक्ष भुजेलले स्थानीय सञ्चार माध्यमले खेलेको भूमिकाको प्रशंसा गदैै स्थानीय सञ्चार माध्यम, पत्रकारको हकहितका लागि आफूहरुले काम गर्ने गरिरहेको र अझै थप रचनात्मक साथ रहने विश्वास दिलाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *