बुढेसकाल लाग्यो यस्तै हो नभन्नुहोस् : २ वटा घरेलु बस्तुले अनुहार बनाउँनुहोस् पुष्ट
Published: (Updated: )
by .एजेन्सी । उमेर ढल्किदै गएपछि छाला फितलो बन्दै जान्छ । बढ्दो उमेरमा प्राकृतिक तत्वले छालाको तन्किने र लचिलोपनलाई घटाउँदछ । र रिङ्कल वा धर्साहरु बस्छ ।
तर तपाईले ख्याल गर्नुभएको छ । सुखसयल र हेरबिचार गर्नसक्ने महिलाको खासै अनुहार चाउरी परेको हुन्न । तर कोहीको चै थोरै उमेर बढ्दैमा किन ? त्यो नजाने र हो । आज हामी तपाइँलाई यसको घरेलु उपचारबारे जानकारी दिन्छौं ।
जसले बढ्दो उमेरपछिपनि अनुहार पुष्ट राख्न मद्दत गर्नेछ । जस्ले तपाइँको छालालाई चाउरी पर्न र खुकुलो हुनबाट बचाउँछ । साथै यसले छालालाई तन्काई लामो समयसम्म जवान देख्न मद्धत गर्दछ ।
काँक्रो र अण्डाको सेतो भागको महत्व
काँक्रो
काँक्रोले छालालाई प्राकृतिक तरिकाले पुनः बनाउन मद्धत गर्दछ । यसमा एन्टिअक्सिडेन्ट गुण हुन्छ । यसमा पाईने भिटामिन ‘ सी ’ र ‘ के ’ले छालालाई चाउरी बनाउने र खुकुलो पार्ने कारक तत्वको रुपमा रहेको मुक्त कण (फ्री रेडिकल) हरुलाई नष्ट गर्दछ । त्यसैगरी काँक्रोमा पाईने सिलिकाले छालाको चाउरीपनबाट बचाउन महत्वपूर्ण भुमिका खेल्दछ ।
अण्डाको सेतो भाग
अण्डामा छालालाई तन्काउने गुण हुन्छ । त्यसैले अण्डा पनि छालाको लागि धेरै फाईदाजनक छ ।
बनाउने विधि
काँक्रोलाई २ आधा भागमा काट्नुहोस् । त्यसपछि काँक्रोको एक आधा भागलाई खुर्काउनुहोस् । त्यसपछि यस काँक्रोलाई १ ईन्चभन्दा सानो हुनेगरी स–सानो टुक्रामा काट्नुहोस् । र यस टुक्रालाई ब्लेन्डरमा मध्यम गतिमा हालेर २ मिनेटसम्म फिट्नुहोस् । त्यसपछि यसलाई छानेर कचौरामा हाल्नुहोस् । र यसमा १ वटा अण्डाको सेतो भागलाई मिसाउनुहोस् ।
यस मिश्रणलाई शरीरको छालालाई तन्काउन आवश्यक ठाउँमा लगाउनुहोस् । र १५ मिनेटसम्म त्यसै छोडी चिसो पानीले पखाल्नुहोस् । छिटो परिणामको लागि हप्ताको १ वा २ पटक यसको प्रयोग गर्नुहोस् ।
Comments