महिला डाक्टरले यस्तो हट अवतार पोस्ट गरेपछि, लाइसेन्स रद्द
Published: (Updated: )
by .एजेन्सी । मानिसलाई अनेकौ हर्कत गर्न मन लाग्छ । जसले पछुताउनुपर्ने अवस्थापनि ल्याईदिन्छ । म्यान्मारमा एक सुन्दर महिला डाक्टर आफ्नो फेसबूक अकाउन्टका कारण पछुतोमा छिन् । उनले आफ्नो हट तस्वीर फेसबुकमा पोस्ट गर्छिन । पेसाले डाक्टर उनले यही कारणले गर्दा लाइसेन्स गुमाउनुपरेको छ ।
मेडिकल काउन्सिलले अनुमतिपत्र रद्द गरिदिएको घोषणा गरेपछि महिला चिकित्सकले त्यसको विरोध गर्दै व्यक्तिगत स्वतन्त्रतामाथिको हस्तक्षेप भनिन् । २९ वर्षीया महिला चिकित्सक नाङ मी साले सामाजिक सञ्जालमा स्विमसुट र लन्जरी लगाएर तस्वीर पोस्ट गरेकी थिइन् । उनको कपडा म्यान्मारको संस्कृति र परम्परा विरुद्ध रहेको भन्दै मेडिकल काउन्सिलले लाइसेन्स रद्द गरिदिएको हो ।
गत जनवरी महिनामै काउन्सिलले चिकित्सकलाई चेतावनी दिएको थियो । त्यतिखेर नाङले फोटाहरू हटाउने भनेकी थिइन् तर हटाइनन् । आफूले उपचार गर्दा यस्ता कपडा नलाउने गरेको डाक्टर नाङले बताइन् । म्यान्मारमा कुशल स्वास्थ्यकर्मीको कमी छ र यस्तो बेलामा यी डाक्टरको लाइसेन्स रद्द भएको छ । एजेन्सी
Comments