Sajhamanch Archive

कनकाई अस्पतालमा नयाँ सेवा सञ्चालन

Published: (Updated: ) in अर्थतन्त्र, खेलकुद, गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, परदेश (प्रवास), प्रदेश तह, फोटो, भिडियो, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, लोकप्रिय, विचार/ब्लग, विविधा, शिक्षा, समाज, सहकारी, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको कनकाई हस्पिटल प्रालिले मेची अञ्चलमै पहिलोपल्ट हाड जोर्नी सम्बन्धी दुरविन पद्धतिबाट स्पोर्ट क्लिनिक सञ्चालनमा ल्याएको छ ।

करिब तीन महिना अगाडिबाट सञ्चालनमा ल्याइएको सो प्रणाली मार्फत आर्थोस्कोपी मेसीन अस्पताल मै जडान भएपछि चारजनाको सफल उपचार भइसकेको अस्पतालले जनाएको छ ।

अस्पतालमा सो मेसिन भित्र्याउनु अघि नै बाहिरबाट परीक्षणका लागि मेसिन ल्याएर तीनजनाको सफल उपचार भएकोले अस्पतालमा नै मेसिन जडान गरिएको हाडजोर्नी विशेषज्ञ डा. पे्रमबहादुर शाहीले जानकारी दिएका हुन् ।

विषेश गरेर खेलाडी र कडा मिहेनत गर्ने मोटोपना भएका मानिसहरुमा कडा परिश्रमका कारण चाँडै नै मेरुदण्डको जोर्नी टुट्ने, हातखुट्टाका कुरकुरे हड्डीहरु च्यापिएको तथा टुटेको फुटेको र ट्यूमर पलाएका बिरामीहरुको सफल उपचार गरिने डा. शाहीले बताए ।

कमजोर आर्थिक अवस्था भएका बिरामीहरुलाई विषेश छुटमा उपचार गरिने आज अस्पतालले पत्रकार सम्मलेन गरी जनाएको छ ।

विश्वका ८९ प्रतिशत खेलाडीमा देखिने यो समस्या तीन हप्ता अगाडि झापाका फुटबल खेलाडी सुजन चौधरीको घुँडाको हड्डी फुटेपछि सो पद्धतिमार्फत् उनको उपचार गरिएको डा. शाहीको भनाई छ ।

उपचार गराएका समपूर्ण विरामीहरु अस्पतालको सम्पर्कमा रहेको र ती विरामीहरुमा अहिलेसम्म कुनै प्रकारको समस्या नरहेको अस्पतालले दाबी गरेको छ ।

आज अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको सो सेवा प्रणलीका बारेमा डा. शाहीले प्रकाश पारेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *