Sajhamanch Archive

इन्डोनेसियामा डुंगा पल्टिँदा कम्तीमा १७ जनाको मृत्यु

Published: in विविधा, विश्व समाचार by .

काठमाडौं ।इन्डोनेसियाको जाभा टापुमा क्षमताभन्दा बढी यात्रु बोकेको डुंगा डुबेको छ । त्यसमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ भने अन्य चार बेपत्ता भएका छन् ।

यी मानिसहरू ईद मनाएर फर्किरहेका थिए ।

पूर्वी जाभा प्रहरीका प्रवक्ता फ्रान्स बारुङ मंगेराले सोमवार तीन फीट अग्लो लहरका कारण डुबेको बताए ।

काठको डुंगामा ६० जना सवार थिए जबकि डुंगाको क्षमता जम्मा ३० जनाको थियो । खोजी टोली र स्थानीय माझीहरूले ३९ जनालाई बचाए ।

मंगलवार मौसममा सुधार आएपछि डुंगा खोजी अभियान चलाइयो र चार बालबालिका समेत १७ लाश बरामद गरियो ।

(एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *