Sajhamanch Archive

टिपरको ठक्करबाट दुई जनाको मृत्यु

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by .

उदयपुर ।उदयपुरको चौदण्डीगढी नगरपालिका ७ लाटीखोलामा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार निर्माणधिन मदनभण्डारी लोकमार्ग खण्डमा पर्ने लाटी खोलामा बुधबार भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो।

इप्रका वेल्टारका इन्स्पेक्टर गंगा पौडेलले चौदण्डीगढी नगरपालिका ७ का ४६ वर्षे खगेन्द्र र ४५ वर्षे जीवन साम्पाङको मृत्यु भएको बताए। बेल्टारबजार जाँदै गरेको बा २ क ७०९ नम्वरको टिपरले स ४ प ३६१ नम्बरको मोटसाईकललाई ठक्कर दिएको थियो।

‘एकै दिशातिर गईरहेको टिपरले अत्याधिक रुपमा सडक चाप्दै मोटरसाईकललाई ओभरटेक गर्न खोज्दा मोटरसाइकललाई ठक्कर दिएको पौडेलको भनाइ छ।

प्रहरी नियन्त्रणमा रहेको ठक्कर दिने टिपर निर्माणधिन मदनभण्डारी लोकमार्गको पुलको ठेक्का लिएको रसुवा जेभि कन्ट्रसनको भएको पुष्टी भएको छ। टिपरका चालक र सह चालक फरार भएकाले खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *