Sajhamanch Archive

न्युजिल्यान्ड र दक्षिण अफ्रिकाको भिडदै

Published: in खेलकुद, विश्व समाचार by .

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज एक खेल हुदैछ ।

आज हुने खेलमा उपाधि दाबेदार मानिएको न्युजिल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्देछ । दुबै टोलीबीचको खेल नेपाली समय अनुसार दिउसो ३ः१५ बजे सुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा बलियो बन्ने योजनामा छन् ।

न्युजिल्यान्ड दक्षिण अफ्रिकालाई हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा हुनेछ । यता कमजोर अवस्थाबाट सुधारिँदै आएको दक्षिण अफ्रिका आजको खेलमा जित निकाल्दै प्रतियोगितामा अफुलाई बलियो बनाउने लक्ष्यमा हुनेछ ।

यसअघि चार खेल खेलेको न्युजिल्यान्ड ३ मा जित र १ मा बराबरी खेल्दै ७ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ । यता पाँच खेल खेलेको दक्षिण अफ्रिका १ खेलमा जित, १ खेलमा बराबरी र ३ खेलमा पराजित हुदै अंक तालिकाको पुछारबाट तेस्रो स्थानमा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *