Sajhamanch Archive

आमा समूहले बाँड्यो पङ्खा

Published: (Updated: ) in अर्थतन्त्र, खेलकुद, गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, परदेश (प्रवास), प्रदेश तह, फोटो, भिडियो, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, लोकप्रिय, विचार/ब्लग, विविधा, शिक्षा, समाज, सहकारी, स्थानीय तह, स्वास्थ्य by .

अर्जुनधारा । किशोरीलाई प्रजनन् स्वास्थ्यको ज्ञान र महिनावारीका समयमा आइपर्ने समस्याबाट सुरक्षित रहन ज्ञान दिने अभियानमा रहेको नेपाली आमा समूह अर्जुनधाराले शुक्रबार नगरभित्रका ६ सामुदायिक विद्यालयलाई १६ वटा सिलिङ पङ्खा उपलब्ध गराएको छ ।

रचनात्मक काम गर्ने योजना अनुरुप समूहले पहिलो वार्षिकोत्सव पङ्खा वितरण गरेर मनाएको हो । समूहले अरुणोदय आधारभूत विद्यालयलाई ७, अर्जुनधारा माविलाई २, सिंहदेवी मावि सिस्नेलाई २, जनता मावि खुदुनाबारीलाई २, भिमले आधारभूत विद्यालयलाई २ र श्रीप्राविलाई १ गरी १६ वटा पङ्खा प्रदान गरेको हो ।

कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले सेवा र शिक्षा करको नभई रहरको हुनुपर्ने बताए । उनले आमा समूहले प्रत्येक विद्यालयमा पुगेर नगरक्षेत्रमा चेतनाको विगुल फुकेको पनि बताए ।

नगर नेतृत्व र सम्बन्धित विद्यालयलाई झक्झकाएको उनले जनाए । उनले आमा समूहले जनस्वास्थ्यका क्षेत्रमा पुर्याएको योगदानप्रति नगरपालिका ऋणी रहेको बताए ।

नगर उपप्रमुख कमला आचार्यले हरेक विद्यालयलाई महिलामैत्री विद्यालय बनाउन आवश्यक रहेको बताइन् । उनले छात्रा र शिक्षिकाको पीडा बुझाउन आमा समूह सफल भएको पनि सुनाइन् । उपप्रमुख आचार्यले विद्यालयमा पुगेर सेनेटरी प्याड र औषधी उपलब्ध गराएर छात्रालाई पढ्ने वातावरण बनाएकोमा प्रसन्नता व्यक्त गरिन् ।

समूहकी अध्यक्ष राजकुमारी राईको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा ७ का वडाध्यक्ष नवीन ढुङ्गाना, शिक्षकहरु तारा विश्वकर्मा, मानबहादुर लिम्बू, सुरेश आचार्य लगायतले बोलेका थिए ।

समूहका उपाध्यक्ष दुर्गा पोखरेलले स्वागत, सदस्य कोशी राईले सञ्चालन गरेको कार्यक्रमको औचित्यका बारेमा सहसचिव चन्द्रकला निरौलाले प्रस्ट्याएकी थिइन् ।

कार्यक्रममा आमा समूहले एकवर्ष भित्र गरेका कामको विवरण सार्वजनिक गरिएको छ । संस्थाले एकवर्ष भित्र नगरका १३ वटा विद्यालयमा चेतनामुलक कामसहित सेनेटरी प्याड र औषधी वितरण गरेको छ ।

शुक्रबार पनि विभिन्न विद्यालयका शिक्षकलाई पङ्खासँगै सेनीटरी प्याड हस्तान्तरण गरियो । समूहले आफ्ना तर्फबाट २ सहित १४ जना दाताको सहयोगमा पङ्खा उपलब्ध गराएको संस्थाकी सदस्य कल्पना कडरियाले बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *