Sajhamanch Archive

कमल गाउँपालिकामा एक सय जनाले पाए रोजगारी

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by .

कमल । झापाको कमल गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभराम्भ भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत छनोट भएका युवा युवतीलाई अभिमुखिकरण तालिम दिएपछि काममा खटाईएको कमल गाउँपालिकाले जनाएको छ ।
कमल गाउँपालिकामा १ हजार ३ सय ७० जनाले रोजगारीका लागि फारम भएका थिए । जसमा एक सय जना छनोट भएको संयोजक तिवारी बताए ।
गाउँपालिकामा हिजोसम्म वेरोजगार गाउँघरमा डुलेर हिडिन्थ्यो आज काम पाएकोमा खुसी भएको कमल गाउँपालिका वडा नम्बर २ का फणिण्द्र पौडेल बताउँछन् ।

गाउँपालिकाले छनोट भएका युवाहरुको क्षमताका आधारमा काम दिएको छ । हिजोसम्म वेरोजगार भएका युवा आज काम पाए पछि निकै खुशिछन् । बेगारी भएर टिभी हेरेर दिन काटिन्थ्यो भने अव अब काम गर्न पाएकोमा खुुुसी लागेको कमल गाउँपालिका वडा नम्बर २ की चित्रकुमारी वाँस्तोला बताउँछिन् ।
गाउँपालिकाले सुरुका दिनमा गाउँपालिका आसपासको निर्माण तथा सरसफाईका काममा खटाईने जनाएको छ । केही दिनपछि गाउँपालिकाले विभिन्न वडामा सञ्चालित आयोजना उनीहरुलाई खटाईने रोजगार संयोजक भरतचन्द्र तिवारीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *