Sajhamanch Archive

बिर्तामोड क्षेत्रका विद्यार्थीहरुलाई लागु औषध सचेतना तालिम

Published: in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । नारी कल्याण समाज बिर्तामोडको आयोजना तथा बिर्तामोड नगरपालिका वडा नं. ५ को आर्थिक सहयोगमा आज बिर्तामोडमा लागुऔषध दुव्र्यसन विरुद्ध सचेतना कार्यक्रम गरिएको छ ।

संस्थाका अध्यक्ष प्रेमा भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष राजेन्द्र लिङ्देनले गरिदिएका थिए ।

उक्त तालिमको सहजीकरण पवन बिष्टले गरेका थिए । तालिममा विद्यार्थीहरुलाई लागु औषध सेवनबाट हुने खतरा र यसबाट बच्ने उपायका बारेमा प्रस्ट पारेका थिए । तालिममा बिर्तामोड नगर क्षेत्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सो तालिममा देवी माविका प्रधानाध्यापक अम्बिका श्रेष्ठ, इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मोहनकुमार थापा, सुनचाँदी व्यवसायी संघ झापाका अध्यक्ष राजु धमलाले मन्तव्य राखेका थिए ।

तालिमको औचित्य माथि समाजका सचिव कमला थापा मगरले प्रकाश पारेकी थिइन् ।

कार्यक्रमको सञ्चालन समाजका सहसचिव समिता उपे्रतीले गरेकी थिइन् भने आमन्त्रितहरुलाई समाजका सदस्य चन्द्रा सेढाईले मन्तव्यबाट स्वागत गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *