Sajhamanch Archive

प्रदेश १ का मुख्यमन्त्री राईको अर्जुनधारामा एक दिन

Published: (Updated: ) in अर्थतन्त्र, खेलकुद, गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, परदेश (प्रवास), प्रदेश तह, फोटो, भिडियो, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, लोकप्रिय, विचार/ब्लग, विविधा, शिक्षा, समाज, सहकारी, स्थानीय तह, स्वास्थ्य by .

अर्जुनधारा । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विकासको कार्यमा ढिला गरिनु नहुने बताएका छन् ।

अर्जुनधारा नगरपालिकाको दोस्रो नगरसभा उद्घाटन पछि बिहीबार सम्बोधन गर्दै अब विकासका हरेक कार्यमा हामीहरुले सुस्तता अपनायौं भने संघीयता स्थायित्व हुन नसक्ने बताए ।

नेपालको समृद्धि २५ वर्षसम्ममा पूर्ण हुने भनिए तापनि मुख्यमन्त्री राईले विकासका आधारमा विश्वासनीयता कायम राख्दै अगाडि बढ्ने हो भने नेपाल १५ वर्षमा समृद्ध राष्ट्र बन्न सक्ने बताए ।

राष्ट्र, राष्ट्रियता र समृद्ध राष्ट्र हाम्रै पालामा गर्नुपर्ने बताउँदै उनले कुनै पनि काम परिणामुखी र दीर्घकालिन हुनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री राईले मुलुकले तीनै तहबाट कार्यान्वयन गर्ने पाटो निर्माण भइसकेको हुँदा हरेक कार्यक्रम दीर्घकालिन भए त्यसले विकासमा टेवा पुग्ने बताउँदै आफ्नो ठाउँ र आफ्नो नगरलाई समृद्ध नगर बनाउन बाहिरका मानिसबाट नभई आफ्नो ठाउँ वा नगरबासीहरु लाग्नु पर्नेमा जोड दिए ।

जनप्रतिनिधिहरुले प्रशस्त अधिकार पाएको हुँदा त्यसलाई सही सदुपयोग गरेर अगाडि बढे जनताले दुःख नपाउने बताउँदै प्रदेशबाट समृद्ध नगर बनाउनका लागि सहयोग गर्ने जोड दिए ।

नगरप्रमुख हरिकुमार रानाको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सांसद बृख प्रधान, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाम पोर्तेललगायत नगरपालिकाका निर्वाचित पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

मुख्यमन्त्री राईले प्राथमिक स्वास्थ्य केन्द्र २४सैं घण्टा सेवा सुचारु हुने गरी सञ्चालन गर्न आग्रह गर्दै २५ शैय्याको अस्पतालको लागि प्रदेशलाई प्रपोजल पेश गर्न अनुरोध गरेका थिए ।

स्वास्थ्य प्रमुख मुकुन्द बस्नेतको अगुवाईमा नगर प्रमुख हरिकुमार रानाको उपस्थितिमा अस्पतालको समस्या र पुर्र्याउँदै आएको सेवा बारे मुख्यमन्त्री राईलाई दर्शाएका थिए ।

यसरी नै सोही दिन मुख्यमन्त्री राईले शनिश्चरे बहुमुखी क्याम्पसको समेत निरीक्षण गरेका थिए । भ्रमणका क्रममा क्याम्पस प्रमुख मोहन ओलीले क्याम्पसको समस्या र शैक्षिक प्रतिष्ठान निर्माण गर्ने विषयमा आफ्ना भनाई राखेका थिए ।

सो अवसरमा मुख्यमन्त्री राईले क्याम्पसको प्रशस्त जग्गा भए तापनि क्याम्पस निर्माण कार्य अधुरै भएको देखिएको हुँदा क्याम्पसलाई आवश्यक प्रपोजल तयार पारी नगरमार्फत प्रदेशमा आए सहयोग गर्ने बचन दिए ।

क्याम्पसमा भएको अन्तरक्रियामा अध्यक्ष सरोज ओली, उपाध्यक्ष हेमराज खरेलले समेत सहयोग गर्न र शैक्षिक प्रतिष्ठान निर्माण गर्न नगरसँगै प्रदेशको ध्यान केन्द्रित होस् भनी सुझाएका थिए ।

अन्तरक्रियामा नगर प्रमुख हरिकुमार राना, प्रदेश सांसद बृख प्रधान, वडा नं. १० का अध्यक्ष बलदेव गोम्देन, नेकपा नगर अध्यक्ष प्रेमसागर सापकोटा, महिला नेतृ कुसुम राईलगायतको उपस्थिति थियो ।

सोही दिन मुख्यमन्त्री राईले पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धामको दर्शन गरेका थिए । सो क्रममा राईले धामका उपाध्यक्ष भिमचन्द्र भट्टराईसँग यसका ऐतिहासिक महत्वका विषयमा जानकारी लिएका थिए ।

दर्शनपछि धाम समितिले दोसल्ला ओढाई मुख्यमन्त्री राईलाई सम्मान गरेका थिए । सम्मानसँगै धामको स्तरोन्नतिका लागि धामका उपाध्यक्ष अम्बिका खतिवडाले आग्रह गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *