Sajhamanch Archive

मानिससँग घुलमिल गरेको भन्दै अधिकारीहरूले भालुलाई मारे

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

काठमाडौं ।  अमेरिकाको ओरेगनस्थित जंगलमा एक भालुलाई मानिसहरूसँग घुलमिल गरेको आरोपमा मारिएको छ ।

अधिकारीहरूले ट्विटरमा भालु मारेको कुरा स्वीकार गर्दै लेखे, ‘उसले मानिसहरूसँग घुलमिल खतरनाक कुरा हो । पहिला त उसलाई घना जंगलमा छोड्ने निर्णय लिइएको थियो तर फेरि ऊ मानिससँगको सम्पर्कमा आउला भन्ने लाग्यो । उसलाई अर्को ठाउँमा सार्नु पनि खतरनाक हुन्थ्यो ।

भालु जम्मा तीन वर्षको थियो । ऊ ४५ किलोको यिो । सानैदेखि ऊ मानिसहरूसँग मित्रवत व्यवहार गर्थ्यो । मानिसहरू उसलाई खाना खुवाउँथे र सेल्फी लिन्थे ।

भालुलाई मारेको खबर आएपछि मानिसहरू खुबै रिसाए । सामाजिक सञ्जालमा उनीहरूले वन विभागलाई निकै आलोचना गरे ।

अघिल्लो साता त्यो भालु ओरेगनको वाशिङटन काउन्टीमा रहेको स्कोजिन्स भ्याली पार्कमा देखिएको थियो । त्यतिखेर दुईजनाले वाशिङटन काउन्टीको शेरिफ कार्यालयलाई फोन गरेर सूचना दिए । प्रहरीले मानिसलाई भालुबाट टाढा बस्न ट्विटरमा चेतावनी दियो ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *