Sajhamanch Archive

सर्पले टोक्यो ? के गर्ने, के नगर्ने ?

Published: (Updated: ) in समाज, स्वास्थ्य by .

गर्मी महिनामा सर्पदंशका घटना निकै बढ्छन् । खासगरी नेपालको तराईं भेगमा सर्पदंशका घटना बढी हुन्छन् ।

सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने हुनुका साथै तन्तुहरुलाई क्षति पुर्याउँछन् । यसका साथै आन्तरिक रक्तस्राब पनि गराउँछन् । अमेरिकी चिकित्सकले सर्पले टोक्दा के गर्ने र के नगर्न भन्ने विषयमा केही सल्लाह दिएका छन् ।

के गर्ने ?
१. तत्काल इमर्जेन्सीमा गइहाल्नुपर्छ । टोकेको त्यति विषालु नभएपनि टिटानस र केही गम्भीर ब्याक्टेरियल संक्रमणको खतरा हुनसक्छ ।

२. सकेसम्म टोकेको स्थानलाई अलि अलि भएपनि चलाउनुपर्छ, यसले विष अलि ढिलो फैलन मद्धत गर्छ ।

३. सर्प कस्तो थियो भन्ने पनि याद गर्ने । यसले चिकित्सकलाई उपचारमा सहयोग पुग्नेछ ।

४. टोकेको समय पनि ख्याल गर्ने । यसले कति समयअघि टोकेको थियो भनेर उपचार गर्न सहयोग मिल्छ ।

५. कुनै गहना छ भने सुन्निनुभन्दा पहिल्यै निकाल्ने ।

६. आवश्यक पर्छ भने दुखेको कम गर्न टाइलेनोल (पारासिटामोल) लिने ।

७. सर्पदंश उपचार केन्द्रको नम्बर सधैं साथमा राख्ने ।

के नगर्ने ?
१. सर्पलाई समात्ने या मार्ने प्रयास नगर्ने । सर्पले फेरि टोक्न सक्छ ।

२. टोकेको स्थानमा चुस्ने प्रयास नगर्ने । सर्पको विष मुखबाट गयो भने तपाईंका लागि अर्को खतरा हुनेछ ।

३. टोकेको क्षेत्रमा बेस्सरी नबाँध्ने ।

४. टोकाईको पीडा बिर्सन रक्सी सेवन नगर्ने । बरु यसले विष चाँडो फैलन सहयोग गर्छ ।

५. टोकेको ठाउँमा चिसो, आइस, तातो या कुनै पनि खालको मल्हम नलगाउने ।

६. एस्पिरिन, ब्रुफेन या अन्य खालको पेनकिलर नलिने । यस्ता पेनकिलरले रगत पातलो बनाउँछ ।

७. टोकेको स्थानमा काटेर रगत झार्ने प्रयास नगर्ने, यसले शरीरको तन्तु नष्ट गर्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *