Sajhamanch Archive

इरानले खसाल्यो अमेरिकी ड्रोन

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by .

काठमाडौँ । अमेरिकी सेनाको ड्रोन इरानको सर्फेस टु एयर मिसाइलले खसालेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

एक अधिकारीले रोयटर्सलाई बताएअनुसार सो ड्रोन युएस नाभी एमक्यू—फोर सी ट्रिटन हो । यसभन्दा अघि इरानको इस्लामिक रिभोलुसन गार्ड्स कप्र्स (आइआरजीसी)ले आफ्नो एयर स्पेसमा आएको अमेरिकी ड्रोन खसालेको जनाएको थियो ।

सो ड्रोन इरानको दक्षिणी प्रान्त हर्मोज्गानको कुहमोबाराक क्षेत्रमा पुगेको थियो । यो घटना अमेरिका र इरानबीच तनावपूर्ण अवस्था भइरहेको बेलामा भएको छ । सोमबार अमेरिकाको रक्षा मन्त्रालयले १ हजार थप सेना सो क्षेत्रमा पठाउने घोषणा गरेको थियो ।

अमेरिकाले इरानलाई ओमानको खाडीमा तेल ट्यांकरमा आक्रमण गरेको आरोप लगाउँदै आएको छ । इरानले यो कुराको खण्डन गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *