Sajhamanch Archive

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कामदारहरुको सकुशल उद्धार

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by .

रसुवा। रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कामदारहरुको सकुशल उद्धार गरिएको छ । बिहीबार साँझ सुख्खा पहिरो जाँदा सुरुङभित्र थुनिएका उनीहरुको शुक्रबार बिहान बाहिर उद्धार गरिएको हो ।

सुरुङभित्र रहेका १७ जना कामदारलाई बिहान सकुशल बाहिर निकालिएको रसुवागढी जलविद्युत् आयोजनाका आयोजना प्रमुख छवि गैरेले बताए ।

रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत १७ कामदार सुरुङभित्र फसेका थिए ।

गएराति सुरुङको बाहिरी भागमा सुक्खा पहिरो जाँदा ती कामदार भित्रै थुनिएर अलपत्र परेका हुन् । सुरुङभित्र ११ नेपाली र ६ चिनियाँ नागरिक थिए ।

उनीहरूको उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल खटेका थिए । पहिरोमा परेर एक जना घाईते भएका छन् ।

सुरुङको मुख बन्द नभए पनि विद्युत् अवरुद्ध भएको र बाटोमा पहिरो गएका कारण कामदारलाई राति बाहिर नआउन आग्रह गरिएको थियो । पहिरोबाट मानवीय क्षति भने नभएको आयोजना प्रमुख छवि गैरेले बताए ।

भित्र थुनिएका कामदारसँग वाकी–टकीमा सम्पर्क भइरहेको थियो ।

बाहिर निस्कँदा जोखिम हुने भएकाले कामदार रातभर सुरुङभित्रै बसेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *